चिसोले छातीमा कफ जम्यो ? यसरी गर्न सकिन्छ घरेलु उपचार

२९ मंसिर ७५, आइतबार

एजेन्सी, मंसिर २९

जडो मौसम सुरु भएसँगै हिँजो आज निकै चिसो बढ्न थालेको छ ।चिसो सुरु हुनासाथै रुघाखोकी लाग्नु र घाँटी खराब हुनु आम समस्या हो । यसबाहेक चिसो मौसममा धेरै हुने अर्को समस्या छातीमा कफ जम्ने हो ।

छातीमा कफ जम्नाले सास फेर्न मात्रै समस्या हुँदैन, यसले अरु धेरै समस्याहरु जन्माउँछ । यसबाट छुटकारा पाउनको लागि केही घरेलु उपायहरु अपनाउन सकिन्छ जसले कफ जम्ने समस्यालाई सजिलै समाधान गर्छ ।

Advertisement

मरिच

मरिच केही पिरो र स्वादमा तिख्खर हुन्छ । यो श्वासप्रश्वासको समस्या समाप्त गर्नको लागि आयुर्वेदमा चमत्कारी औषधि मानिन्छ । यसले कफलाई निमिट्यान्न गरिदिन्छ ।

Advertisement

मरिचमा पाइपरलांगमाइन नामक रसायनिक तत्व पाइन्छ र यसले हाम्रो शरीरमा एन्जाइम बन्नबाट रोक्छ । एन्जाइमले खोकी र यसको इन्फेक्सनलाई बढाउँछ जुन कफको कारण बन्छ । दैनिक एक कप पानीमा २० दाना जति मरिच उमाल्नुहोस् र फेरि त्यसमा मह मिसाएर पिउनुहोस् ।

मह र कागती

एक चम्चा अर्गा्निक मह र २ चम्चा कागतीको रस मिसाएर पिउनुहोस् । यसले तपाईंको घाँटीलाई आराम मिल्छ ।

महमा एन्टीब्याक्टेरियल र एन्टी फंगल गुण पाइन्छ । त्यस्तै कागतीमा भिटामिन सीको भरपुर मात्रा पाइन्छ जसले तपाईंको घाँटीलाई तुरुन्त आराम पुर्याउँछ ।

अंगुरको जुस

अंगुर बिभिन्न रोगहरुको लागि फाइदाजनक हुन्छ । यसमा होरोस्टिलवेन नामक पदार्थ पाइन्छ जुन एन्टिअक्सिडेन्टले भरपुर हुन्छ । अंगुरमा हुने एक्सपेक्टोरेन्ट छाती र फोक्सोबाट कफ निकाल्नमा सहायक हुन्छ ।

छातीमा जम्मा भएको कफ निकाल्नको लागि अंगुरको जुसमा दुई चम्चा मह मिसाउनुहोस् र सँधै पिउनुहोस् । अंगुरको जुसमा नुन र मरिच मिसाएर पिउनाले छिटो फाइदा हुन्छ ।

नुन–पानीले कुल्ला

नुनपानीले कुल्ला गर्नाले घाँटीलाई राहत मिल्छ र घाँटीमा जमेको कफ सफा हुन्छ । यसले घाँटी सफा हुन्छ र घाँटीमा भएका सबै किटाणु पनि मर्छन् ।

बेसार

तातोपानीमा एक चम्चा बेसार मिसाउनुहोस् । बेसारमा कुरक्युमिन नामक एक तत्व पाइन्छ, जसमा धेरै नै शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसले कफलाई पातलो बनाउन मद्धत गर्छ ।

तातो पानी

कफ जमेको स्थितीमा हल्का तातो पानी पिउनुहोस् । यसले तपार्इंको छाती र घाँटीमा जमेको कफको मात्रालाई कम गर्छ । कागती पानी वा कागतीको चिया पिएर पनि तपाईं आफूलाई हाइड्रेट राख्न सक्नुहुन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top