राजविराज : एघार महिनाअघि प्रेममा परेर अन्तर जातीय विवाह गरेकी सप्तरीको बादेबसाईन नगरपालिका–२ की २० वर्षीया संगिता सदा पति बेपत्ता भएपछि अहिले घर न घाटकी भएकी छिन् ।
२०७४ को पुस संक्रान्तिमा बादेबसाईनका २२ वर्षीय शिवदत्त चौधरी कलवारसँग प्रेम विवाह गरेकी संगिताका पतिले तिन महिनादेखि सम्पर्कसमेत नगरेपछि अलपत्र परेकी हुन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
२२ मंसिरमा प्रसुती व्यथाले च्यापेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी अहिले लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भर्ना छिन् ।उनको ७ दिनअघि सल्यक्रियापछि शिशु निकालिएको थियो । उनीबाट जन्मेका शिशुको अवस्था अहिले नाजुक छ ।
न्वजात शिशुले दुध खान नसकेपछि उनलाई बाहिर लान चिकित्सकले सुझाव दिएका छन् । तर आर्थिक अवस्था कमजोर भएकाले बाहिर लान नसकिएको संगिताका पिता भोला सादाले सुनाए ।
उनले शनिबार परिवार छरछिमेकसहित सञ्चारकर्मीहरुको भेला मार्फत न्याय दिलाउन पहल गरिदिन आग्रह गरेका छन् ।१ पुस २०७४ का दिन कोशी मेला हेर्न जान्छु भन्दै माईती घर सुरुङ्गा नगरपालिका– ४ बाट निस्केकी संगिता सोही दिन शिवदत्तसँग भागी प्रेम विवाह गरेका थिए ।
तीन महिना विभिन्न स्थानमा घुमाएर २ चैत २०७४ मा माईतमै पुर्र्याएर केही दिनमा लिन आउँछु भन्दै गएको पति अहिलेसम्म फर्केर नआएको संगिताले सुनाईन् ।