पतिले छाडेर लिन नआएपछि सुत्केरी संगिता अलपत्र

राजविराज : एघार महिनाअघि प्रेममा परेर अन्तर जातीय विवाह गरेकी सप्तरीको बादेबसाईन नगरपालिका–२ की २० वर्षीया संगिता सदा पति बेपत्ता भएपछि अहिले घर न घाटकी भएकी छिन् ।

२०७४ को पुस संक्रान्तिमा बादेबसाईनका २२ वर्षीय शिवदत्त चौधरी कलवारसँग प्रेम विवाह गरेकी संगिताका पतिले तिन महिनादेखि सम्पर्कसमेत नगरेपछि अलपत्र परेकी हुन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

२२ मंसिरमा प्रसुती व्यथाले च्यापेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी अहिले लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भर्ना छिन् ।उनको ७ दिनअघि सल्यक्रियापछि शिशु निकालिएको थियो । उनीबाट जन्मेका शिशुको अवस्था अहिले नाजुक छ ।

Advertisement

न्वजात शिशुले दुध खान नसकेपछि उनलाई बाहिर लान चिकित्सकले सुझाव दिएका छन् । तर आर्थिक अवस्था कमजोर भएकाले बाहिर लान नसकिएको संगिताका पिता भोला सादाले सुनाए ।

उनले शनिबार परिवार छरछिमेकसहित सञ्चारकर्मीहरुको भेला मार्फत न्याय दिलाउन पहल गरिदिन आग्रह गरेका छन् ।१ पुस २०७४ का दिन कोशी मेला हेर्न जान्छु भन्दै माईती घर सुरुङ्गा नगरपालिका– ४ बाट निस्केकी संगिता सोही दिन शिवदत्तसँग भागी प्रेम विवाह गरेका थिए ।

Advertisement

तीन महिना विभिन्न स्थानमा घुमाएर २ चैत २०७४ मा माईतमै पुर्र्याएर केही दिनमा लिन आउँछु भन्दै गएको पति अहिलेसम्म फर्केर नआएको संगिताले सुनाईन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top