×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्पेनिस ला लिगा: रियल मड्रिड विजयी

१ पुष २०७५

एजेन्सी,पुस १
स्पेनिस ला लिगा फुटबलमा स्पेनिस जाइन्ट रियल मड्रिड तेस्रो स्थानमा उक्लिएको छ ।रियलको घरेलु मैदान सान्टियोगो बर्नबेउमामा शनिबार राति भएको खेलमा रियलले रायो भालेकानोमाथि १–० को कठिन जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लिन सफन भएको हो ।

यस जितसँगै रियलले शीर्षस्थानको बार्सिलोना र एट्लेटिको मड्रिडसँगको अंक दुरी २ मा झारेको छ । शीर्ष दुईमा रहेको बार्सिलोना र एट्लेटिकोको ३१ अंक छ । तर बार्सिलोनाले एक खेल कम खेलेको छ ।

Advertisement
Advertisement

रियललाई जिताउन करिम बेन्जेमाले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो । बेन्जेमाले खेलको १३औं मिनेटमा लुकास भास्क्वेजको पासलाई गोलमा परिणत गरेका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलमा त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा रियलले १–० को जित निकाल्न सफल भयो । शनिबार राति नै भएको अर्काे खेलमा एट्लेटिको म्याड्रिडले रियल भालाडोलिडमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको छ ।

एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमनले २ तथा निकोला कालिनिक एक गोल गरे । रियल भालाडोलिडका फर्नान्डो कालेरोले गोल गर्दा एक गोल उपहार पाएको थियो । सउल निग्वेजले आत्मघाती गोल गरेका थिए ।

Advertisement

जितपछि एट्लेटिकोले लिगको शीर्षस्थानमा रहेको बार्सिलोनासँगको अंक बराबरी गरेको छ । तर, गोल अन्तरमा एट्लेटिको दोस्रो स्थानमा रहेको छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top