ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुनसरी, पुस १
सुनसरीको ईठहरी उप–महानगरपालिका– ५ मा आइतवार ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ ।

कोशी राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व आउँदै गरेको को १ त ५६८५ न.को ट्याक्टरले सोही दिशाबाट आइरहेको को २८ प ६०७१ नम्बरको मोटरसाईकललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो ।

बिहान पौने १२ बजे ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालक इटहरी–५ बस्ने बर्ष ४० को शालिग्राम निरौला र मोटरसाईकलको पछाडी सवार रहेका सुनसरी बराह नगरपालिका–९ बस्ने बर्ष ५० को हेमराज कोइरालालाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते दुबैजनालाई उपचारको लागि ईटहरी स्थित एपेक्स अस्पताल पठाईएकोमा उपचारको क्रममा गम्भीर घाइते निरौलाको दिउँसो सवा १ बजे सोही अस्पतलामा मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टरका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने घाइते कोइरालाको सोही अस्पतलामा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.