×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

सिडी विजय अधिकारी पहिलो ‘द भ्वाइस अफ नेपाल’

१ पुष २०७५

विराटनगर,पुस १
पोखराका सिडी विजय अधिकारी पहिलो ‘द भ्वाइस अफ नेपाल’ को विजेता बनेका छन् ।अधिकारीले कतारको दोहामा शुक्रबार भएको फाईनलमा अन्य ३ प्रतिष्पर्धीलाई पाखा लगाउँदै ‘द भ्वाइस अफ नेपाल’ बन्न सफल भएका हुन् ।

अधिकारीले उपाधिसहित नगद २५ लाख, ब्राण्ड न्यू कार र २० लाख बराबरको संगीत सम्झौता पुरस्कार पाएका छन् । ग्राण्ड फिनालेमा हास्यकलाकार एवं सामाजिक अभियन्ता धुर्मुस र सुन्तलीले अधिकारी विजेता बनेको घोषणा गरेका थिए ।

Advertisement
Advertisement

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने सो फेन्चाईज गायन प्रतिष्पर्धाको फाईनलमा टिम दीप श्रेष्ठबाट अधिकारी, सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम प्रमोद खरेलबाट श्रीजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य पुगेका थिए ।

प्रतियोगिताको उत्कृष्ठ १६ तयार भएपछि दर्शकले गरेको भोट आधारमा प्रतिस्पर्धीका छानिँदै आएका थिए । सनुप पौडेलको चर्चित गीत ‘दैव हे’ बाट ‘द भ्वाइस अफ नेपाल’ मा प्रवेश गरेका अधिकारीले ‘भिरमा उन्यू’ गीतबाट लाइभ राउण्डमा देखिएका थिए भने सेमीफाइनलमा ‘मैले’ बोलको गीतबाट आएका थिए।

हालसम्म २ सयभन्दा बढी गीतहरूमा स्वर दिइसकेका अधिकारी पृथ्वीनारायण क्याम्पसको स्वर्णमहोत्सव अवसरमा आयोजित गायन प्रतियोगितामा प्रथम भई पिएनसी आइडल तथा बिग आइकन उपविजेता बनेका थिए ।

२०६७ सालमा नेपाल टेलिभिजनबाट प्रसारित खोजी प्रतिभामा उपविजेता र २०७४ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितिामा गायनतर्फ सर्वप्रथम भएका छन्।

गायन दौरानमा निर्णायकबाट बहुप्रतिभावान् कलाकारको उपाधि समेत प्राप्त गरेका अधिकारी राष्ट्रियस्तरमा चर्चा कमाइसकेका र एक स्थापित स्रष्टा हुन् । कास्कीको लाहाचोकका चन्द्रकान्त अधिकारी र दुर्गा अधिकारीको कोखबाट २०४६ भदौ ४ मा जन्मेका सिडी विजय सानै उमेरदेखि पढाइ साथै सांगीतिक क्षेत्रमा समेत आफ्नो क्षमता प्रदर्शन गरी थुप्रै पुरस्कार हात पार्न सफल भइसकेका छन् ।

मदरल्याण्ड मावि, पोखरामा कक्षा ७ मा अध्ययन गर्दा जिल्लास्तरीय गायन प्रतियोगितामा उपाधि प्राप्त गरी वर्ल्डभिजनद्वारा प्रकाशित क्यासेट एल्बम आभाषको आधा दर्जन गीतहरुमा स्वर दिई गायनयात्रा प्रारम्भ गरेका हुन् । फाइनलमा प्रवेश गरेकाहरुलाई सांगीतिक यात्राको विश्व भ्रमणसमेत मिलेको छ ।

Advertisement

अधिकारी ‘द भ्वाइस अफ नेपाल’ भईरहँदा पोखराका बिक्रम बराल पनि नेपाल आइडलका अन्तिम प्रतिस्पर्धी बनेका छन् । यसअघि नेपाल आईडलमा पोखराकै बुद्ध लामा विजेता बनेका थिए ।एकपछि अर्को प्रतिस्पर्धा जित्दै पोखरा सांगितिक शहर बन्दै गएको छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top