विराटनगर,पुस २
विराटनगरबाट प्रहरीले अन्दाजी १ लाख ३८ हजार मूल्य बराबरको अवैध लत्ताकपडा र फर्निचरको सामान बरामद गरेको छ ।
‘सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण’ अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ र १६ बाट दिउँसो १ बजे २ थान टेवल, ४ थान कुर्सी र २ थान आल्ना बरामद गरेको हो ।
त्यसैगरी वेवारिशे अवस्थामा राखिएको को १६ प ४०३ नम्बरको मोटरसाईकल र अवैध लत्ताकपडा सहित भारत नदिया धानतला–२ बस्ने जिवन बिश्वास र अमर बिश्वाशलाई पक्राउ गरेको छ ।
बरामद सामान सामान सहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि बिराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।