संगठन सुदृढ नभएका कारण चुनावमा पराजय भोग्नु परेको निष्कर्ष

संगठन सुदृढ नभएका कारण चुनावमा पराजय भोग्नु परेको निष्कर्ष

काठमाडौँ, पुस १२
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को आज सम्पन्न उच्चस्तरीय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सातै प्रदेशमा आगामी माघदेखि फागुनसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा भएको बैठकले तीन महिनाको अवधिमा सबै स्थानीय तह र प्रादेशिक तहमा पार्टीका विद्यार्थी, युवा र महिला संघलाई जनवर्गीय संगठनका रुपमा स्थापना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए ।

पार्टीको वैचारिक दृष्टिकोणलाई देशभर फैलाउन निर्देशन दिएको उक्त बैठकले देशका प्रत्येक वडामा भरपर्दाे र बलियो संगठन नभएका कारण चुनावमा पराजय भोग्नु परेको निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्षले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको सो बैठकले जनताको सेवालाई केन्द्रमा राखेर राजनीतिक गतिविधि सञ्चालन गर्न नयाँ गठन हुने जनवर्गीय संगठनलाई उपयोग गर्ने निर्णय गरेको छ ।

पार्टीले देशभरबाट करिब ४०० उम्मेदवार प्रतिनिधिसभा र प्रदेशसभामा उठाएको भए पनि कुनै सिट संख्या प्राप्त गर्न नसकेको उक्त दलले प्रतिनिधिसभाको समानुपातिकमा भने ०.३५ प्रतिशत मत प्राप्त गरेको थियो ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.