महेन्द्र मोरङ क्याम्पस प्रशासनमा गरिएको तालाबन्दी खुल्न सकेन

३ पुस ७५, बुधबार

विराटनगर,पुस ३
महेन्द्र मोरङ क्याम्पस विराटनगरमा विभिन्न विद्यार्थी संगठनले गरेको तालाबन्दी अझै खुल्न सकेको छैन । क्याम्पस प्रमुख बाबुराम तिम्सिनालाई सोमबार ४ घन्टासम्म कार्यकक्षमै थुनेर तालाबन्दी शुरु गरेका विद्यार्थी संठनले मंगलबारको वार्तामा निश्कर्ष निस्किन नसकेपछि तालाबन्दीलाई निरन्तरता दिएका हुन ।

विगतका विभिन्न वार्तामा भएका सहमतिलाई कार्यान्वयन गर्न र नयाँ मुद्धालाई समेत सम्बोधनगर्न क्याम्पस प्रशासन उदासिन भएपछि वार्ता सफल हुन नसकेको अनेरास्वियु क्रान्तिकारीका क्याम्पस इकाई कमिटि अध्यक्ष अभिमन्यु यादवले जानकारी दिए ।

Advertisement

केहि महिनायता क्याम्पसकालागि १ करोड बढीको कार्यालय तथा शैक्षिक सामाग्रि खरीद गरिएको र त्यसमा ब्यापक अनिमियता गरिएको विद्यार्थी संगठनहरुले आरोप लगाएका छन् । १ करोड बढीको सामाग्रि खरीद गरिएपनि कमिशनको लोभमा चारचार लाखको कोटेशनबाट ती सामाग्री खरीद गरएको उनिहरुको आरोप छ ।

क्याम्पसमा जर्जर अवस्थामा रहेको लाइब्रेरी मर्मत सम्भारकालागि निकालिएको २१ लाखको टेण्डरमा समेत अनियमितता भएको र क्याम्पस परिसरभित्र रहेका रुखहरु जथाभावी कटान गरेर बिक्रि गरिएको विद्यार्थी नेता जसवन्त पौडेलको भनाई छ । उनिहरुले नैतिकताका आधारमा क्याम्पस प्रमुख तिम्सिनाले राजिनामा दिन समेत माग गरेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top