विराटनगर,पुस ६
नेपाल पत्रकार महासंघको बिराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलन १२ बँुदे बिराटनगर घोषणापत्र पारित गदै आज सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सम्मेलनले नेपाल पत्रकार महासंघको अबदेखिको निर्वाचन प्रत्यक्ष प्रणालीबाट हुने बाटो समेत खोलेको छ ।
खर्चिलो र भडकिलो तरिकाले हुदै आएको निर्वाचन प्रणालीले आर्थिक समस्या र पेशामा बिकृती बढाउन थालेको भन्दै बिकल्प खोज्न निर्देश गरेपछि अगामी निर्वाचन प्रत्यक्ष प्रणालीबाट गर्न बाटो खुलेको हो ।
नेपाल पत्रकार मंहासंघका अध्यक्ष गोविन्द आर्चायले बिराटनगरमा भएको राष्ट्रिय सम्मेनलको निर्णयलाई यही पुस ६ र ७ मा धनकुटामा बस्ने केन्द्रिय समितिको बैठकबाट अनुमोदन गर्ने र फागुनमा हुने साधारण सभाबाट बिद्यान शंसोधन गरेर बिधिबत रुपमा महांघमा प्रत्यक्ष प्रणालीको निर्वाचनको थालनी गराउने बताए ।
नेपाल पत्रकार महासंघले हालसम्म शाखा र केन्द्रको निर्वाचन पार्षद प्रणालीबाट गराउदै आएको छ । त्यसैगरी राष्ट्रिय सम्मेलनले सदस्य बितरणको अनुगमन नियमन गर्ने अधिकार प्रदेश समितिलाई हस्तान्तरण गरेको छ । भेलाले निजामती कर्मचारी र सक्रृय नभएका पत्रकाहरुको सदस्यता नबिकरण नगर्ने अनि शुद्धिकरणमा सबै जिल्ला शाखाहरुलाई कठोर बन्न पनि निर्देश गरेको छ ।
सरकारले लागू गरेको न्युनतम पारिश्रमिक लागू गराउन पत्रकार महसंघ हदै सम्म कठोर बन्ने र समस्या भएका ठाउँमा कडा भन्दा कडा आन्दोलन गर्न पनि निर्णय गरेको छ । पत्रकारहरुको पेशाको पुर्ण सुरक्षाकालागि समाजिक सुरक्षाको योगदानलाई अगाडी बढाउने पहल थाल्न पनि सम्मेलनले महासंघलाई निर्देश गरेको छ ।
साथै सक्रृय श्रमजिबि पत्रकाहरुलाई सबै खाले संचार सामग्रीहरु संचारगृहहरुले उपलव्ध गराउनु पर्ने र नगराएमा सो बरावरको पारिश्रमिक उपलव्ध गराउनु पर्ने लगायतको निर्णय गरेको छ । सम्मेलनको बन्द सत्रमा महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल ,शिव गाउँलेले प्रेस स्वतन्त्रता र कानून अनि निर्वाचन प्रणालीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
महासंघका उपाध्यक्ष बिपुल पोखरेलले प्रदेश समितिको अधिकारबारेको निर्देशिका र महासचिव रमेश बिष्टले प्रस्तुत गरेको संगठनको आवधिक प्रतिबेदनमाथि बृहत्त छलफल भएको थियो । छलफलमा सहभागी शाखा अध्यक्षहरुले महासंघलाई ट्रेडयुनियन अधिकारमा लान अनि सदस्यता बिरतणमा परिक्षा प्रणाली लागू गर्न माग पनि गरेका थिए ।