विराटनगर,पुस ७
सामाजिक संस्था परिवर्तनका लागि हातेमालोले मोरङको कटहरी गाउँपालिकामा ५० सदस्यीय कमिटी गठन गरेको छ । विराटनगरबाहिर कमिटी बिस्तार गर्ने क्रममा हातेमालाले शनिबार कटहरी गाउँपालिकामा संजित साहको अध्यक्षतामा कमिटी गठन गरेको हो ।
केन्द्रिय अध्यक्ष विनोद परियार, उपाध्यक्ष राम पोखरेल, तुलसी पोखरेल र जगत गिरीको उपस्थितीमा कमिटी गठन गरिएको थियो । कार्यक्रममा समाज परिवर्तनका लागि जस्तो सुकै काम पनि गर्ने र समाजमा भएका बिभिन्न समस्याहरुको विचार गर्दै युवाहरुलाई समाज परिवर्तनका लागि लगाउने परिवर्तनका लागि हातेमालोका अध्यक्ष विनोद परियारले बताए ।

त्यस्तै उपाध्यक्ष राम पोखरेलले समाज परिवर्तन युवाको काँधमा आवाज लिएर हिँडेको संस्थालाई प्रत्येक वडामा कमिटी गठन गरेर राष्ट्रब्यापी बनाउने जानकारी दिए । हातेमालोले यसअघि विराटनगरबाहिर बुढीगंगा गाउँपालिकामा देबेन्द्र राईको अध्यक्षतामा ४० सदस्यीय कमिटी गठन गरेको थियो ।