फिफा क्लब विश्वकप उपाधि रियललाई

७ पुस ७५, आइतबार

एजेन्सी, पुस ८
युरोपेली च्याम्पियन रियल म्याड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा यूएईको अल आइनलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै रियल विजेता बनेको हो ।

रियलका लागि खेलको १४ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ६० औं मिनेटमा मार्कस लोरेन्टेले अग्रता दोब्बर पारे । त्यस्तै सर्जियो रामोसले ७९ औं मिनेटमा अर्को गोल गरेर ३–० को अग्रता बनाए ।

खेलको ४ मिनेट बाँकी रहँदा सुकासा सिओतानीले गोल गर्दै अग्रता कम गर्ने प्रयास गरे तर इन्ज्युरी समयमा याह्या नादेरले आत्मघाती गोल गरेपछि रियल ४–१ ले विजयी भयो ।

Advertisement

यो जितसँगै प्रतियोगितामा सर्वा्धिक जितको कीर्तिमान आफ्नो नाम गरेको छ । रियलको यो समग्रमा चौथो क्लब विश्वकप उपाधि हो । यसअघि बार्सिलोना र रियलले समान खेल जितेका थिए ।

मिडफिल्डर टोनी क्रुसले पछिल्ला ६ विश्वकपमध्ये ५ उपाधि आफ्नो नाम गरेका छन् । सन् २०१३ मा बायर्नबाट उपाधि जितेका क्रुसले सन् २०१५ बाहेकका सबै उपाधि जितेका छन् ।

Advertisement

त्यसअघि भएको तेस्रो स्थानको खेलमा अर्जे्न्टिनी क्लब रिभर प्लेटले जापानको काशीमा एन्टलर्सलाई पराजित गर्दै उपाधि जितेको थियो । रिभर प्लेटको जितमा क्लबका लागि अन्तिम खेल खेलिरहेका गोन्जालो मार्टिनेजले २ गोल गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा सर्वा्धिक गोलकर्ताको उपाधि रियलका ग्यारेथ बेलले जिते । उनले २ खेलमा ३ गोल गरेका थिए । सिल्भर बल अल आईनका कैओले पाउँदा ब्रोन्ज बल रिभर प्लेटका सान्टोस बोरेले पाए । रियल म्याड्रिडले फेयर प्ले अवार्ड पनि प्राप्त गर्यो ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top