शाहरुखको ‘जीरो’ ले पनि फ्यानहरुलाई बनायो निराश

८ पुस ७५, सोमबार

एजेन्सी,पुस ९
अभिनेता शाहरुख खानको वर्ष २०१८ को एक मात्र फिल्म हो ‘जीरो’ । यस वर्षको प्रदर्शन भएको यस फिल्म मार्फत शाहरुख खान दर्शकहरुको मन जित्न चाहन्थे । तर शाहरुख खानले जति धेरै अपेक्षा राखे पनि उनको त्यो अपेक्षा पूरा हुन सकेन । शाहरुख खान, अनुष्का शर्मा र कट्रिनाको अभिनयको जति तारिफ भइरहेको छ, यस फिल्मको कहानीको त्यतिनै आलोचना भइरहेको छ ।

शुक्रबार रिलिज भएको यस फिल्मले पहिलो दिनमा २०.१४ करोडको व्यापार गरेको छ । फिल्म जीरोलाई अभिनेता शाहरुख खानको अहिले सम्मकै सबैभन्दा महंगो फिल्म रहेको बताइएको छ । २०० करोड रुपैयाँको लगानीमा बनेको यस फिल्मले प्रदर्शनको दोस्रो दिन भने १८.२२ करोड रुपैयाँको व्यापार गरेको छ । यस अनुसार जीरोले दर्शकलाई फिल्महलतर्फ आकर्षित गर्न असफल भएको छ ।

Advertisement

भारतीय फिल्म समिक्षक तरण आदर्शले यस फिल्मलाई एक असफल फिल्म भन्दै १.५ स्टार मात्रै दिएका छन् । यस फिल्मको नकारात्मक समीक्षाका कारण यसको व्यापारमा गिरावट आएको बताइएको छ । यस फिल्मले प्रदर्शनको पहिलो दिन अर्थात शुक्रबार २०.१४ करोड र दोस्रो दिन शनिबार १८.२२ करोडको व्यापार गदै जम्मा ३८.३६ करोडको व्यापार गरेको छ ।

Advertisement

साथै ‘जीरो’को तेस्रो बक्स अफिस कलेक्सनमा अझै गिराउट आउनसक्ने चर्चा समेत भइरहेको छ । फिल्म ‘जीरो’ मा शाहरुख खान एक पुड्का युवकको भूमिकामा छन् । यस कारण पनि शाहरुखको फिल्म ‘जीरो’ अहिलेसम्मकै विशेष फिल्म रहेको बताइएको थियो तर फिल्म प्रदर्शनपछि यस फिल्मले दर्शको मन जित्न भने सकेन । यस अघि प्रदर्शन भएका शाहरुख खान अभिनित फिल्म ‘फ्यान’, ‘रइस’ र ‘जब ह्यारी मेट सेजल’ बक्स अफिसमा फ्लप भएका थिए ।

एकपछि अर्को गर्दै फ्लप फिल्म दिइसकेका शाहरुख खानको पछिल्लो फिल्म ‘जीरो’ ले समेत दर्शकलाई निराश बनाएको हेर्दा यतिबेला ‘के अब शाहरुख खानको स्टारडम सकिएकै हो त ?’ भन्ने विषयमा समेत बलिउडको फिल्मी वृत्तमा चर्चा चलिरहेको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top