बन्यो शक्तिशाली यातायात प्राधिकरण, उपत्यकामा ३०० इलेक्ट्रिक बस सञ्चालन गरिने

बन्यो शक्तिशाली यातायात प्राधिकरण, उपत्यकामा ३०० इलेक्ट्रिक बस सञ्चालन गरिने

काठमाडौं,पुस १२

सरकारले शक्तिशाली यातायात प्राधिकरण बनाउने भएको छ । मन्त्रिपरिषदको बैठकले यातायात प्राधिकरण निर्माण गर्ने निर्णय गरेको हो ।

सरकारले प्राधिकरण मार्फत नै ३०० सय वटा इलेक्ट्रिक बस सञ्चालन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एउटा मात्र विभागले ३२ लाख सवारी नियन्त्रण गर्न नसक्ने भन्दै प्राधिकरणको अवधारणा ल्याइएको हो ।

प्राधिकरणले देशैभरी यातायात व्यवस्थापन गर्ने गरी सो अवधारणपत्र स्वीकृत गरको हो । अब यातायात व्यवस्था विभागलाई खारेज गरी सम्पूर्ण अधिकार प्राधिकरणमा ल्याउन बाटो खुलेको छ ।(विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.