झापा, पुस १५
झापाको छुटाछुट्टै स्थानबाट शनिबार प्रहरीले लागूऔषध खैरो हेरोईन सहित ४ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट पाँचथर घर भई दमक नगरपालिका–६ मा डेरा गरी बस्ने ३६ वर्षीय संग्राम लिम्बुलाई ३१ ग्राम खैरो हेरोईन सहित पक्राउ गरेको हो ।
प्रहरीले लागू औषध ओसार पसारमा प्रयोग गरिएको मे १० प ६३० नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका लिम्बुलाई सोधपुछको क्रममा अर्जुनधारा नगरपालिका–१० मा डेरा गरी बस्ने बर्ष ४२ को भीम बहादुर अधिकारी र उनकीे श्रीमती ३८ वर्षीय ओममाया खतिवडा अधिकारी र ३६ वर्षीय रेवतीमाया डाँगीले बिक्रिवितरण गर्ने गरेको खुल्न आएको थियो ।
प्रहरीले उनीहरुलाई समेत २०२ ग्राम खैरो हेरोईन सहित कोठाबाट नै पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।