चीनमा हिमपात, सात लाख बीस हजार प्रभावित

१९ पुस ७५, बिहीबार

चाङ्शा,पुस १९

Advertisement

चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी प्रभावित भएका छन् ।

स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारीरिक समस्यासमेत देखा परेको छ ।

Advertisement

हिमपात भएको हुनान प्रान्तमा सात लाख २४ हजार १०० जना बस्ने गरेकोमा झण्डै तीन हजार ९०० जनालाई अन्यन्त्र स्थानान्तरण गराइएको छ ।

प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका स्थानीय अधिकारीहरूले झण्डै ३८ हजार जनालाई अहिले पनि आधारभूत सेवा सुविधाको आवश्यकता रहेको जनाएका छन् ।

Advertisement

हिमपातले झण्डै ५४ हजार २८० हेक्टर क्षेत्रमा लगाइएको बालीलाई पनि नोक्सान गरेको छ । यस्ले त्यस क्षेत्रको आर्थिक पक्षलाई समेत नराम्रो असर पार्ने अधिकारीहरूको भनाइ छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top