विराटनगर, पुस १९
राष्ट्रपति विद्यादेवी भण्डारीलाई विराटनगरस्थित महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसले अभिनन्दन गरेको छ । क्याम्पसले बिहीबार विशेष कार्यक्रमको आयोजनागर्दै राष्ट्रपतिलाई अभिनन्द गरेको हो ।
महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले अभिन्दन पत्र सहित राष्ट्रपतिलाई अभिनन्दित गरे । क्याम्पसकी पूर्व विद्यार्थी समेत रहेकी राष्ट्रपतिलाई अवलोकन भ्रमणको क्रममा अभिनन्दन गरिएको क्याम्पस प्रमुख तिम्सिनाले जानकारी दिए । राष्ट्रपति भण्डारी सो क्याम्पसमा २०३९–४० सालमा मानविकी संकायमा राजनीतिशास्त्रमा स्नातक तहमा अध्ययन गरेकी थिइन ।
विक्रम सम्बत २०४० सालमा सो क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उनी कोषाध्यक्ष पदमा विजयी भएकी थिइन । अभिनन्दन कार्यक्रमलाई सम्बोधन गदै राष्ट्रपति भण्डारीले देशलाई दु्रतगतिमा विकासको दिसातर्फ लान विश्वस्तरिय दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताइन ।
उनले सो बिषयमा क्याम्पसले खेलेको भुमिकाको प्रशंसा समेत गरिन् । कार्यक्रममा प्रदेश नं १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दवहादुर तुम्वाहाङ, प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राई संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल लगायतको उपस्थिति थियो ।