समयसापेक्ष शिक्षा दिन प्रदेश प्रमुख डा.तुम्बाहाङको जोड

समयसापेक्ष शिक्षा दिन प्रदेश प्रमुख डा.तुम्बाहाङको जोड

विराटनगर,पुस २१
प्रदेश १ का प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङले समयसापेक्ष शिक्षा दिनु आजको आवश्यकता रहेको बताएका छन् । नेपाल शैक्षिक बजार व्यवस्थापन संघ (इमान)को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पुरानो शिक्षाप्रणालीले देशले लिएको सुखि नेपाली समृद्ध नेपालको नारा सार्थक हुन नसक्ने बताए ।

प्रमुख तुम्बाहाङले संघिय संरचनामा गएको देशको शिक्षा निति प्रदेश र संघले लिएको समृद्ध नेपालको सपना साकार पार्न सघाउ पुग्ने गरि विकास गरिनुपर्नेमा जोड दिए । उनले भौतिक पुर्वाधार, कृषि पर्यटनलगायतका क्षेत्रमा अधिक काम गर्नुपर्ने भएकाले सोही क्षेत्रमा काम गर्न सक्नेगरि दक्ष जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता रहेको तर्क गरे ।

कार्यक्रममा प्याब्सनका केन्द्रिय सल्लाहकार टीकाराम पुरीले अवको शिक्षालाई ज्ञान र सीपसँगै प्रविधिसँग जोड्नुपर्नेमा जोड दिए । शैक्षिक ज्ञान मात्र भएर पनि बेरोजारीको संख्या घटाउन कठिन हुने भन्दै ज्ञानसँगै सीप र प्रविधिलाई एकसाथ लैजानुपर्नेमा उनले जोड दिए ।पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मातृका शिवाकोटीले सरकारले निजि क्षेत्रलाई हतोत्साही बनाउन खोजेको आरोप लगाए ।

कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य राजेशकुमार दास, इष्टुका रोहिणीरमण दवाडी, प्याव्सनका प्रदेश सचिव टिकाराम ढकाल, हिस्टान मोरङका अध्यक्ष कैलास दाहाल, शिक्षासेवी रुपेश खतिवडा, अभिभावकसंघका देवीपन्थि लगायतले इमानले खेलेको भूमिकाको प्रशंशा गर्दै महाधिवेशन सफलताको कामना गरे । नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनको उद्घाटन सत्रमा इमानमा रहेर विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.