काठमाडौं, पुुस २१
रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको अक्सन आज समापन भएको छ । अक्सनमा समावेश कुल २ सय ५ खेलाडी मध्यबाट अक्सनबाट ६६, स्थानीय ६ र मार्की ६ गरेर ७८ खेलाडी आगामी माघ २६ देखी हुने डीपीएलका लागि टोलीमा अनुबन्ध भएका छन् ।
६ फ्रेन्चाइज टोलीले ११र११ जना खेलाडीमामथि मुल्य लगाउदा एक एक जना ट्यालेनट हटका खेलाडी अनुबन्ध गरेका छन् । पछिल्लो समय घरेलु प्रतियोगितामा सानदार प्रर्दशन गर्दै आएका युवा खेलाडी पवन सर्राफ, भिम सार्की सर्वाधिक महँगो मुल्यमा पाए ।डीपीएल फागुन ११ गते सम्म धनगढीमा हुँदै छ ।
यी हुन् महँगो मुल्यमा बिक्री हुने १० खेलाडी :
–ललितसिंह भण्डारी,रुपन्देही च्यालेन्जर्स,२ लाख ५० हजार
– विनोद भण्डारी,रुपन्देही च्यालेन्जर्स,२ लाख ५० हजार
– आरिफ शेख,महेन्द्रनगर युनाइटेट,२ लाख ५० हजार
– ललितनारायण राजवंशी,काठमाडौं गोल्डेन्स,२ लाख ५० हजार
–पवन सराफ, धागढी स्टार्स,२ लाख ५० हजार
– भिम सार्की रुपन्देही च्यालेन्जर्स,२ लाख ५० हजार
–प्रदीप ऐरी रुपन्देही च्यालेन्जर्स,२ लाख ४० हजार
– सन्दीप जोरा, सिवाईसी अत्तरया,२ लाख ३० हजार
– रोहित कुमार पौडेल,महेन्द्रनगर युनाइटेड,२ लाख ३० हजार
– भुवन कार्की, सिवाईसी अत्तरया,२ लाख १० हजार