इन्धन ढुवानी गर्न नपाएपछि आन्दोलन : ढुवानी ठप्प पारेर देशभर हड्ताल गरिने चेतावनी

२२ पुस ७५, आइतबार
Share this
791shares

विराटनगर, पुस २१
नेपाल आयल निगमले इन्धन ढुवानी गर्दै आएका १३ वटा ट्याङ्करलाई रोक लगाएपछि पेट्रोलियम ढुवानी ब्यबसायी महासंघले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

Advertisement

महासंघले घोषणा गरेको आन्दोलनमा पुर्वाञ्चल पेट्रोलियम ढुवानी ब्यबसायी संघले पनि समर्थन गरेको छ । महासंघले पुर्वघोषित कार्यक्रमलाई समर्थन गर्दै प्रदेश १ मा पुर्वाञ्चल ढुवानी ब्यबसायी संघका उपाध्यक्ष धु्रवप्रसाद सिग्देलको संयोजकत्वमा १२ सदस्यीय आन्दोलन समिति गठन गरिएको छ ।

निगमको प्रदेश १ कार्यालय विराटनगरबाट सञ्चालनमा रहेका १३ वटा ट्यांकर तीन महिना ढुवानीमा रोक लगाएसँगै ब्यबसायीले आन्दोलनको घोषणा गरेका हुन् ।

Advertisement

नियमविपरीत लगाईएको प्रतिबन्ध फुकुवा नभए आगामी सोमबारबाट ढुवानी ठप्प पारेर देशभर हड्ताल गरिने चेतावनी पेट्रोलियम ढुवानी ब्यबसायीले गरेका छन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top