नेपालमा उत्पादित ६० लाखका माछा भारत निर्यात

२२ पुस ७५, सोमबार

कञ्चनपुर,पुस २२

बेलौरी नगरपालिका–२ स्थित बन्दातालबाट हरेक वर्ष रु ६० लाख भन्दा बढीका माछा भारत र नेपालका बजारमा बिक्री गरिने गरिएको छ ।

माछा पालक सोवरन रानाले उत्पादन गरेका माछा सीमावर्ती भारतीय बजारमा सहजै बिक्री हुदै आएको बताए । बार्षिक रुपमा नेपाली र भारतीय बजारमा गरी उनले रु ६० लाख भन्दा बढी मूल्य बरावरका माछा बिक्री गर्दै आ्एका छन् । भारतमा मात्रै यस बर्ष उनले ५० क्वीन्टल माछा बिक्री गरेको बताए।

Advertisement

भारतको किसनानगर, सम्पुर्णानगर, रानीनगर, पटिहनलगायत क्षेत्रका व्यापारी पोखरीमै पुगेर माछा खरिद गरी लैजाने गरेका छन् । राना जिल्लामै सफल माछापालकका रुपमा परिचित छन्।
बिक्री भएका माछा बाट उनले बार्षिक रुपमा रु २५ लाख बढी आम्दानी गर्दै आएका छन् ।

उनले १३ वटा पोखरीमा माछापालन गरिरहेका छन् । पोखरीमा नैनी, भाकुर, रोहु, कमन, ग्रास कार्प, पंगासियस, सहर, रुपचन्द्र गरी एक दर्जन प्रजातीका माछापालन गरिएका छन् । पंगासियस र रुपचन्द्र माछा भारतमा मात्रै उत्पादन गरिने भएपनि उनले दुई बर्षदेखि भुरा ल्याएर पोखरीमा हुर्काई बेच्न शुरु गरेका छन् । नेपाली बजारमा दुवै जातका माछाको बढी माग रहेको छ ।

Advertisement

माछापालन गरी सोचे भन्दा बढी आम्दानी हुन थालेपछि रानाले यस बर्ष बैङ्कबाट रु एक करोड ऋण लिएर थप सात वटा पोखरी निर्माण गरेका छन् । माछापालनका लागि पोखरीमा एक करोड विभिन्न जातका भुरा राखिएका छन् । माछाको आहाराका लागि मात्रै रु ४० लाख खर्च गरिएको उनले जानाकारी दिए ।

रानाले माछाका भुरा रु चार सय ५० प्रति किलो र खानका लागि प्रयोग हुने माछा रु दुई सय देखि रु तीन सय प्रति किलो थोकमा बिक्री गर्दै आएका छन् । उनले जिल्लामा भारतीय माछा विस्थापन गर्न अरु किसानलाई माछापालनमा लाग्नसमेत आग्रह गरेका छन् । उनले पोखरीमा पानी भर्नका लागि सौर्य उर्जा पम्पको समेत व्यवस्था गरेका छन् ।

पोखरीमा डुङ्गा सञ्चालन गरेर आन्तरिक पर्यटकको आकर्षण बढाउने उनको योजना छ । पोखरीकै माछा बेचेर रानाले बेलौरी बजारमा घरघरेडी जोड्नुका साथै तीन विघा जग्गा समेत खरिद गरेका छन् । उनले तीस जनालाई रोजगारी समेत दिएका छन् । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top