नेपाल-चीन नाकाको सुख्खा बन्दरगाह दुई साताभित्रै निर्माण सुरु हुने, २० वर्षसम्म ढुक्क

२५ पुस ७५, बिहीबार

काठमाडौं , पुस २६

Advertisement

नेपाल र चीनलाई जोड्ने एकमात्र अन्तर्राष्ट्रिय नाका रसुवागढी नजिकै रसुवाको टिमुरेमा बन्न लागेको सुख्खा बन्दरगाहको निर्माण दुई साताभित्रै सुरु हुने भएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक रवीशंकर सैंजुका अनुसार डिजाईन बनाउने, डिपीआर गर्नेलगायत सबै काम सकिएकोले तत्कालै निर्माण कार्य प्रारम्भ हुनेछ । ‘केही प्राविधिक विषयहरु मिलाउन बाँकी छ, त्यसलगत्तै निर्माण सुरु हुन्छ, ढिलाेमा २ सातामै सुरु हुन्छ ।’ सैंजुले विकासन्यूजसँग भने । निर्माण कार्यकाे लागि चिनीया निर्माण टाेली टिमुरे अाउने क्रम सुरु भएकाे समेत उनले बताए ।

Advertisement

चीन सरकारको सहयोगमा करिब २ अर्बको लागतमा उक्त सुख्खा बन्दरगाहको निर्माण हुनेछ । त्यसका निर्माण समेत चीन सरकारले आफ्नै ठेक्का प्रणालीअनुसार गर्नेछ । नेपाली पक्षले त्यसको गुणस्तर हेर्ने र अन्य प्राविधिक विषय मिलाउने काममात्र गर्नेछ । उक्त बन्दरगाह बढीमा साढे २ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको कार्यकारी निर्देशक सैंजुले बताए ।

उक्त सुख्खा बन्दरगाहले ८ हेक्टर जमीन ओगट्न्छ जसमध्ये ५ हेक्टर लाङटाङ राष्ट्रिय निकुञ्जको जग्गा अधिग्रहण गरिएको छ भने बाँकी ३ हेक्टरमध्ये ५८ रोपनी जग्गा स्थानीयवासी र १९० रोपनी जग्गा सरकारी स्वामित्वको अधिग्रहण गरिएको छ । उक्त क्षेत्रमा ५ तले प्रशासनिक भवन, गोदाम र २ ओटा जाँचपासस्थल रहनेछन् ।

Advertisement

उक्त सुख्खा बन्दरगाहमा ३५० ओटा ठूला मालबाहक सवारीसाधन पार्किङ गर्न सक्ने क्षमता रहने बताइएको छ । उक्त क्षमताको ड्राइपोर्टले सो नाकाबाट हुने नेपाल चीन व्यापार २० बर्षसम्म धान्ने प्रक्षेपण गरिएको छ ।

गत माघ १ गते इन्टरमोडल यातायात विकास समितिले चीन सरकारसँग टिमुरे ड्राइपोर्टको डिजाइन तयार गर्ने सम्झौता भएसँगै चीन सरकारबै स्वामित्वमा रहेको आर्किटेक्चरल रिकन्नाइन्सेन्स एण्ड डिजाइन इन्सिच्युड अफ अफ लि टिबेट अटोमेसन रिजन नामक कम्पनीले डिजाइन तयार गरेको थियो ।

उक्त बन्दरगाहको निर्माण असोजदेखि नै सुरु हुने भए पनि प्राविधिक कारण ढिलाई भएको भए पनि अब तत्कालै निर्माण सुरु हुने कार्यकारी निर्देशक सैंजुले जानकारी दिए । (विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top