×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

धनी व्यक्तिसरह पुग्न गरीब नेपालीलाई एक लाख वर्ष लाग्ने !

काठमाडौँ,पुस २७

नेपालमा सबैभन्दा धनी व्यक्ति र अति कम गरीब नेपालीको सम्पत्ति असमानताको अन्तर कति होला ? मुलुकमा समृद्धि र समानताको सपना देखाइएका बेला यो प्रश्न सान्दर्भिक हुन गएको छ ।

Advertisement
Advertisement

सम्पत्ति र अवसरको असमानता चुलिँदै जाँदा आम जनतामा निराशा उत्पन्न हुने र धनी झन धनी हुने अवस्थाको अन्त्यका लागि समाजवादउन्मुख संविधान जारी भए पनि त्यस्तो विषयमतामा भिन्नता आएको देखिँदैन ।

राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्याङ्क विभाग, राष्ट्रिय जनगणना, राष्ट्रिय जीवनयापन सर्वेजस्ता सरकारी आँकडालाई विश्लेषण गर्दा विश्वका अन्य मुलुकमा झैँ नेपालमा आर्थिक तथा पारस्परिक असमानताले गरीब तथा सीमान्तकृत जनसङ्ख्यालाई अझ गरीबी र पछ्यौटेपनतर्फ धकेलिरहेको देखिएको हो ।

मानवीय जवाफदेहीता अनुगमन अभियान (हामी), दक्षिण एशिया गरीबी निवारण मञ्च (सापे) र अक्फाम नेपालले तयार पारेको ‘समृद्धिका लागि समानताः फाइइनइक्यालिटी इन नेपाल’ नामक प्रतिवेदन, २०१८ ले धनी र गरीबका खाडलका केही रोचक तथ्याङ्क उजगार गरेको छ ।

अध्ययन समूहका संयोजक डा पदम खतिवडाका अनुसार सन् २०१८ मा नेपालका सबैभन्दा धनी व्यक्तिको सम्पत्ति २० करोड अमेरिकी डलर बराबर वृद्धि भएको छ । ती व्यक्तिको सम्पत्ति अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत वृद्धि भएर हाल एक अरब ५० करोड अमेरिकी डलर बराबर पुगेको छ ।

शुक्रबार सार्वजनिक हुने सो प्रतिवेदनले भनेको छ, ‘यी व्यक्तिको सम्पत्तिमा भएको वृद्धिले मात्र पनि नेपालमा सामाजिक सुरक्षाको आधाभन्दा बढी खर्च धान्न सक्ने देखिन्छ । जबकि एकजना औसत नेपालीलाई यति रकम कमाउन एक लाख वर्षभन्दा बढी समय लाग्छ ।’ नेपालमा हाल प्रतिव्यक्ति वार्षिक आय एक हजार ३ अमेरिकी डलर मानिन्छ ।

नेपालमा १० प्रतिशत धनीको आय ४० प्रतिशत गरीब नेपालीको आयभन्दा तीनगुणाले बढी भएको, बैंङ्किङ क्षेत्रका काम गर्ने माथिल्लो तहका प्रबन्धकले औसत कामदारकोभन्दा सय गुणा बढी बेतन आर्जन गर्ने तथ्य पनि प्रतिवेदनमा उल्लेख छ ।

यस्तै सात प्रतिशत धनी परिवारको स्वामित्वमा झण्डै ३१ प्रतिशत कृषियोग्य जमीन रहेको, ८१ प्रतिशत महिला अझै भूमिहीन रहेको, एक जना गरीब महिलाभन्दा धनी महिलाको विद्यालय जाने सम्भावना चार गुणा बढी रहेको, धनी पुरुषको त्यस्तो सम्भावना ५० गुणाभन्दा बढी रहेको तथ्याङ्क प्रतिवेदनमा उल्लेख छ ।

धनी र गरीबबीचको अन्तर विश्वमै चरम बिन्दूमा पुगेको देखिएको छ । सन् २०१७ मा विश्वका एक प्रतिशत मानिससँग बाँकी ९९ प्रतिशतसँग भन्दा बढी सम्पत्ति देखिएको थियो । नवउदारवाद नीतिले नेपालमा निजीकरणलाई टेवा पुगेको ठहर गरेको सो प्रतिवेदनले शिक्षा र स्वास्थ्यमा निजीकरण बढ्नुले समाजमा दुई वर्गीय प्रणाली सिर्जना गरेको स्पष्ट गरिएको छ ।

नेपालमा प्रत्युत्पादक मौद्रिक तथा आर्थिक नीतिका कारण हजुरिया पूँजीवाद मौलाएको र भ्रष्ट कर्मचारीतन्त्र तथा मनपरी मूल्यवृद्धि नियन्त्रण अभावमा निश्चित व्यक्तिमा व्यापार केन्द्रित सम्पत्ति सञ्चित भएको दक्षिण एशिया गरीबी निवारण मञ्च (सापे) का संयोजक डा नेत्रप्रसाद तिमल्सिनाले बताए ।

मानवीय जवाफदेहीता अनुगमन अभियान (हामी) का सचिवालय सदस्य रेम विश्वकर्माले आधिकारिक तथ्याङ्ककै विश्लेषणका आधारमा अध्ययन प्रतिवेदन तयार भएकाले यसका आधारमा समाजवादउन्मुख राज्यको समानता नीति अवलम्बन गर्न सरकार र विधायकलाई आग्रह गरिने जानकारी दिए ।

विसं २०७२ को विनाशकारी भूकम्पपछि विभिन्न सामाजिक क्षेत्रका संस्थाको सञ्जालका रुपमा अभियानको थालनी भएको हो । हालको संयोजन ह्युम्यान राइट्स एलायन्सले गरिरहेको छ ।

Advertisement

–प्रकाश सिलवाल/रासस

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top