विराटनगर, पुस २८
सुनसरीको बराहक्षेत्र नगरपालिका–५ चारकोसे झाडि जंगलमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा सोही स्थान बस्ने ४८ वर्षीय दुर्गा बहादुर गुरुङ र छोरी तनिसा गुरुङ जंगलमा घाँस काट्न गएकोमा अन्दाजि ४० फिट माथि कुम्बिको रुख बाट लडेर बाबुको मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोली घटनास्थलमा गई आवश्यक अनुसन्धान कार्य पुरा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरी ईलामको फाकफोकथुम गाउपालिका– ५ लुम्देमा रूखको फल टिप्न खोज्दा १ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो ४ बजेको समयमा सोही स्थान बस्ने १५ वर्षीय सन्तोष भन्ने फुङनाम लिम्बुको पाङग्रा भन्ने फल टिप्न रुख चढेकोमा रुखको हागा भाच्चीएर भुँइमा झरेका थिए ।
अन्दाजी ४० फिट तल खोल्सामा झरेका उनको घटनास्थलमै मृत्यु भएको जनाईएको छ । ईलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरीको टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।