विराटनगर : विद्यार्थी नेता अभिमन्यु यादवले लागुऔषध ओसारपसारमा व्यबस्थापकीय भुमिका खेलेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
सीमावर्ती बजार जोगवनीबाट लागुऔषध लिएर नेपालतर्फ आउँदै गर्दा सिराहाको साबिक लक्ष्मिपुर पतारी गाबिस २ का २० वर्षीय मार्तकाप्रसाद यादव पक्राउ परेपछि अभिमन्युले व्यवस्थापकीय भुमिका खेलेको अनुसन्धानबाट खुलेको हो ।
गत बुधबार भारत जोगबनीबाट लागुऔषध लिएर पैदल आउँदै गरेका मार्तकालाई शसस्त्र प्रहरीको टोलीले पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा बुझाएको थियो । प्रहरीले सोधपुछ गर्दा अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस इकाई अध्यक्ष समेत रहेका अभिमन्युको पनि भुमिका दखिएपछि उनलाई बिहीवार विराटनगरबाट पक्राउ गरिएको थियो ।
‘अभिमन्यु यादवले म्यानेजरीय भुमिका खेलेको देखिन्छ’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले भने ‘ लागुऔषध काठमाडौँ पठाउनका लागि ल्याएको देखिन्छ ।’, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।