सिंहदरबारभित्र थन्किएका २०० गाडी मर्मत गरेर स्थानीय तहलाई दिइने

१ माघ ७५, मंगलबार
Share this
713shares

काठमाडौं : लामो समयदेखि सिंहदरबारभित्र थन्किएका करिब २ सय गाडीको उपयोग गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। ती गाडीलाई मर्मत गरेर प्रदेश, स्थानीय तह तथा सीसीभीटीलगायतका निकायमा पठाउन र प्रयोग यर्न नमिल्नेलाई तत्काल लिलाम गर्न प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयलाई निर्देशन दिएको छ।,यो खबर आजको राजधानी दैनिकमा छ।

Advertisement

देशभरका सबै सरकारी निकायमा यस्तै प्रावधान लागू गरिएको छ। प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयमा डम्प गरेर राखिएका र मर्मत गर्न नमिल्ने गाडीलाई क्रेन लगाएर हटाउने अभियानसमेत थालेको छ। डम्प गरेर महिनौंसम्म गाडी राख्ने निकायलाई कारबाहीसमेत गरिने भएको छ।

सिंहदरबारभित्र विभिन्न मन्त्रालय र निकायमा अर्बौं मूल्यका झन्डै २५० गाडी लामो समयदेखि उपयोगविहीन अवस्थामा राखिँदै आएका छन्। कतिपय मर्मत गरेर चालू अवस्थामा आउन सक्ने खालका छन् भने कतिपय गाडी कवाडीमा बिक्री गर्नुपर्ने अवस्थाका छन् ।

Advertisement

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार मर्मत गरेर चलाउन सकिने झन्डै २ सय वटा गाडीको व्यवस्थापन गर्न थालिएको र चालाउन मिल्ने गाडलाई छनोट गरी प्रदेश, स्थानीय तह तथा अन्य सरकारी निकायमा पठाउने क्रम थालिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top