प्रहरी ऐनले देश टुक्राउने प्रदेश २ का मन्त्री यादवको दाबी

प्रहरी ऐनले देश टुक्राउने प्रदेश २ का मन्त्री यादवको दाबी

जनकपुर, माघ १
संघीय सरकारले ल्याएको प्रहरी ऐनको प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीले विरोध गरेका छन् । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय प्रहरीले ऐन संघीयताको मर्म विपरीत आएको बताउँदै त्यसलाई अविलम्ब सच्याउन माग गरेका छन् ।

उनले जिल्लाको दोस्रो तह डिएसपीसम्मलाई मात्रै चलाउने अधिकार दिएको प्रति आपत्ति जनाएका छन् । उनले प्रहरी ऐनले देश टुक्राउने खालको रहेको आरोप लगाए । उनले सरकारले विधेयक नसच्याएको खण्डमा यसको विरुद्धमा सशक्त आन्दोलनमा जाने चेतावनी दिए ।

यादवले संघीयतमाथि षडयन्त्र गर्नु भनेको देशमाथि षड्यन्त्र गर्नु रहेको बताए । उनले देशलाई षड्यन्त्रको जालोमा राखेर देशलाई टुक्राउने प्रयास भइरहेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.