तातोपानी बन्दरगाह निर्माण अन्तिम चरणमा

तातोपानी बन्दरगाह निर्माण अन्तिम चरणमा

सिन्धुपाल्चोक : नेपाल र चीनबीचको उत्तरी सीमा तातोपानी नाकामा बन्दै गरेको बन्दरगाहको निर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको एक अर्ब २० करोड रुपियाँ लगानीमा निर्माण हुँदै आएको बन्दरगाहको ९० प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भएको छ ।,यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

चिनियाँ ठेकेदार निर्माण कम्पनी सीआरसीसीले दिएको जानकारी अनुसार बन्दरगाहमा रहने भन्सार, क्वारेन्टाइन, गोदाम, जाँचपास यार्ड, चेकपोष्ट, बैङ्क, आवास निर्माण, ग्राउन्डलगायतका संरचना निर्माण सम्पन्न भएका छन् । गोदाम घरमा १५८ ठूला कन्टेनर एकैचोटी राखेर जाँचपास गर्न सकिनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.