×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

प्रदेश नं. १ भारतीय माछाको भरमा

३ माघ २०७५

विराटनगर, माघ २
नेपालमा उत्पादित माछाको बजारमा राम्रो माग भएपनि नेपाली उत्पादनको माछाले माग धान्न नसक्दा प्रदेश नं. १ को बजार भारतीय माछाको भरमा चलेको छ ।

Advertisement
Advertisement

प्रदेश नम्बर एकका जिल्लामा केही वर्षदेखि व्यवसायिक रुपमा माछापालन हुन थालेपनि मूल्य असन्तुलनका कारण भारतीय माछासँग नेपाली माछाले प्रतिस्पर्धा गर्न नसक्दा भारतीय माछाको एकाधिकारको बजार अझै तोडिन सकेको छैन ।

पूर्वी नेपालका मूख्यत मोरङ, सुनसरी, झापा जिल्लाका अधिकांश बजारमा अहिलेपनि सिजनमा ७० प्रतिशत र अफसिजनमा ९० प्रतिशत माछा भारतबाट आउने गरेको छ । नेपाली उत्पादन बढन नसकेका कारण भारतीय माछाको भरपर्नुपर्दा माछा खरिदका लागि लार्खौ रुपैया विदेशिने गरेको छ ।

एक नं प्रदेशको पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालयका अनुसार नेपाली माछा उत्पादनको दर न्युन रहेको छ । निर्देशनालयका अनुसार प्रदेश नं. एकमा करिब १५ सय हेक्टरमा माछा खेती हुदै आएको छ । यो प्रदेशमा बार्षिक ८ हजार मेट्रिकटन ताजा माछा उत्पादन हुने गरेको छ । यो उत्पादनले प्रदेश नं एकका मुख्य बजारमा नेपाली माछाको उपस्थिती सरदर २० देखि २५ प्रतिशत मात्र हुन आउने सरकारी अधिकारीहरुको भनाई छ ।

मत्स्य बिकास अधिकृत नेल्सन पोखरेलका अनुशार माछा पालनका लागि नँया पोखरी खन्ने र माछा पालन गर्ने क्रममा केही बर्षदेखि वढोत्तरी भएपनि माग अनुसारको आपुर्ती हुन सकिरहेको छैन ।

उनले भनिन् ‘ हाम्रो स्थानीय माछाको बजारमा एकदमै धेरै माग छ । उपभोक्ताले स्थानीय बजारमा स्थानी माछा खोज्दा अझैपनि नपाई रहेको अवस्था छ । अहिले बजारमा ६० देखी ७० प्रतिशत भारतीय माछानै छ । आफै आत्म निर्भर बन्नका लागि र उत्पादकत्व बढाउनका लागि चाँहि नेर्देशनालयले कार्यक्रमहरु प्रस्ताव गरेको छ । १४ वटै जिल्ला समेटने गरि विभिन्न कार्यक्रमहरुको सोच ल्याएका छौँ । पहाडी/उच्च हिमाली जिल्लाहरुमा रेम्बोड्रग माछा पालन जसको अत्याधिक माग छ । त्यसै गरि तराईका जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, उदपुर र मध्य पहाडीका पोटेन्सीयल एरियाहरुमा माछा पालन विस्तार गर्न सक्छौँ । झामामा वंगास माछा पालनले गर्दा उत्पादनमा बृद्धि भएको छ । यस हिसाबले अब माछामा यान्त्रीकरण आईस प्लान्ट, मेकनाईजेसन, किसानलाई प्रविधियुक्त तालिमलगायतका कार्यक्रमहरु प्रस्ताव गरेका छौँ ।’

माछा व्यवसायी संघका अनुसार प्रदेश नं एकमा बार्षिक २८ हजार मेट्रिक टन माछाको बजार माग रहेको छ । त्यसमा करिब १९ हजार मेट्रिकटन माछा भारतबाट आउने गरेको छ ।

विराटनगरका माछा व्यवसायी मालबावु सहनीका अनुसार भारतको बगांलबाट सबै भन्दा वढी माछा नेपाल भित्रिने गरेको छ । भारतबाट आउने कार्प जातका माछाहरु भन्दा नेपाली उपभोक्ताहरुले भने स्वदेशी उत्पादनका माछाहरु रहु,नैनी तथा भाकुर जातका माछा वढी रोज्ने गरेको सहनीले बताए ।

उनले भने ‘ मुग्री माछा नेपालमा उत्पादन हुने गरेको छैन त्यसकारण यो माछा हामीले भारतबाट आयात गरेर बिक्रि गर्नु परिरहेको छ । नेपालमा अन्य माछाहरु पनि त्यति उत्पादन हुन सकेको छैन त्यसकारण भारतमा भर पर्नु परेको छ । यदी नेपलमै उत्पादन हुन सकेको भए यहिँबाट धेरै राम्रो हुने थियो । नेपाली पैसा भारत जाने थिएन । अहिले नेपालमा अअि अलि माछा पालन हुन थालेको छ । त्यसले माग धान्न सकिरहेको छैन । अहिले विराटनगर बजारमा मात्र ८० प्रतिशत भारतीय माछा आउने गरेको छ ।’

भारतबाट केही बर्ष अघिसम्म मरेका माछा आउने गरेकोमा पछिल्लो समय जिउँदो र ताजामाछा ल्याउने गरिएको छ । सरकारी तथ्याङक अनुसार सबै भन्दा बढी मोरङ जिल्लामा ६ सय हेक्टरमा माछा ब्यवसाय गरिन्छ । जसको बार्षिक उत्पादन २३ सय ८३ मेट्रिकटन रहेको छ । यस्तै सुनसरी जिल्लामा ३ सय ९६ हेक्टरमा बार्षिक ११ सय ६२ मेट्रिक टन उत्पादन हुदै आएको छ भने झापामा २ सय ८५ हेक्टरमा माछा खेती हुदै आएको छ ।जसको उपादन बार्षिक ९ सय ५ मेट्रिकटन रहेको छ ।

पूर्वी नेपालको प्रमुख दुई नाकाबाट मात्र मासिक रुपमा १ करोड भन्दा बढीको भारतीय माछा नेपाल भित्रिने गरेको छ । विराटनगरको रानी र झापाको मेची यी दुई नाकाबाट मात्र गत आर्थिक बर्ष २०७४/०७५ को एक बर्षको अवधिमा २९ लाख ८४ हजार २१८ केजी भारतीय माछा प्रदेश नं एकमा भित्रिएको छ,जसको नेपाली मुल्य १५ करोड ६१ लाख ७४ हजार ७ सय ९६ रुपैया रहेको छ ।

नेपालमा उत्पादन भएको माछाको माग अत्याधिक भएपनि नेपाली माछा भन्दा भारतीय माछा बजारमा सस्तो हुने गरेको छ । जसका कारण नेपालमा उत्पादन गरेको माछाले बजार पाउन सकेको छैन । तकिया कृषि फार्मका सञ्चालक गणेश उप्रेतीले भारतीय माछा भन्दा नेपाली माछाको उत्पादन मुल्य बढी पर्ने भएकाले नेपाली माछाले बजारमा भारतीय माछासंग प्रतिस्पर्धा गर्न नसकेको बताए ।

उनले भारत सरकारले जस्तै नेपाली माछापालक कृषकलाईपनि माछा भुरादेखि दानासम्ममा सहुलियत दिने हो,भने माछामा मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताए । व्यवसायी उप्रेतीका अनुसार नेपाली माछा उत्पादनदेखि बजारसम्म ल्याई पु¥याउदा प्रतिकेजी लागत २ सय रुपैया पर्ने गरेको छ,तर भारतीय माछा बजारमा अहिलेपनि प्रतिकेजी २ सय रुपैयामा बिक्री हुने गरेको छ ।

उनले भने ‘ भारतमा सरकारले माछा पालन गर्ने कृषकलाई विभिन्न किसिमका सहुलियत दिएको छ । त्यहाँ भुरादेखी दाना सम्ममा सरकारले सहुलियत दिएको छ । यहाँ त बरु उल्टै कृषकहरु सँग कर माथि कर लिने गरिएको छ ।

बजारमा बिक्ने भारतीय माछाको दाममा त हाम्रो लागत समेत उठ्दैन ।’मोरङ जिल्लालाई माछामा आत्मनिर्भर बनाउने उद्देश्यले तीन बर्षदेखि माछा जोन कार्यक्रम सञ्चालन हुदै आएपनि त्यसको उपलब्धी भने प्राय शुन्य जस्तै देखिएको छ ।

Advertisement

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत सञ्चालित माछा जोन बनाउने कार्यक्रमका लागि तिन बर्षको अबधिमा मोरङ जिल्लामा मात्र २३ करोड५० लाख ७५ हजार रुपैया खर्च भई सकेको छ । परियोजनाका प्रमुख नुनुलाल उराउका अनुसार माछा जोन कार्यक्रम अन्तर्गत १० बर्षे भित्र जिल्लालाई माछामा आत्मनिर्भर बनाउने योजना रहेको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top