मृगको छालासहित १ जना पक्राउ

मृगको छालासहित १ जना पक्राउ

संखुवासभा, माघ ३
संखुवासभाको सिलिचोङ गाउँपालिका–३ लुम्ङदियाबाट मृगको छाला सहित १ जना पक्राउ परेका छन् ।

बिशेष सुचनाको आधारमा प्रहरी चौकी ताम्कुबाट खटिएको प्रहरी टोलीले स्थानीय उत्तम कुमार राईको घर खान तलासी गर्ने क्रममा घरको पूर्वपट्टी टिनको छाप्रोमा लुकाई छिपाई राखेको अवस्थामा १ थान मृगको छाला बरामद गरेको हो ।

प्रहरी टोलीले घर धनी उत्तमकुमार राईलाई समेत पक्राउ गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय खाँदवारीमा बुझाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.