मोटरसाईकल सहित डुबेको अवस्थामा शव फेला

मोटरसाईकल सहित डुबेको अवस्थामा शव फेला

विराटनगर, माघ ३
सुनसरीको दुहबीमा मोटरसाईकल सहित डुबेको अवस्थामा शव फेला परेको छ । दुहबी नगरपालिका १० सिमारियाको सुनसरी–मोरङ सिचाई नहरमा मोटरसाइकल सहित गढी गाँउपालिका ५ का ३५ बर्षिय लक्ष्मण खाँको शव फेला परेको हो ।

को ३३ प २१९४ नम्बरको बाईक सहित पानीमा डुबेको अबस्थामा माथिबाट मोटरसाईकलले थिचेको अबस्थामा शव फेला परेको छ । भेटिएको शव रातीको समयमा मापसे गरी अनियन्त्रित दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । मोटरसाईकल दुर्घटना भएर नहरमा पसेपछि मृतकको टाउको तल परेर माथिबाट मोटरसाईकलले थिचेपछि मृत्यु भएको दुर्घटनाको प्रकृतिबाट देखिएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.