प्रदेश राजधानीका लागि धनकुटामा आन्दोलन

प्रदेश राजधानीका लागि धनकुटामा आन्दोलन

धनकुटा, माघ ३
प्रदेश नं १ को स्थायी राजधानी धनकुटालाई बनाउन माग गर्दै धनकुटामा बिहीबार विरोध प्रदर्शन गरिएको छ । प्रदेश न १ को राजधानी धनकुटालाई बनाऊ अभियानका अन्र्तगत धनकुटाको मदन चोकबाट सुरु भएको विरोध ¥यालीले बजार परिक्रमा गरी मदन चोकमा आई कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्वोधन गर्दै स्थानिय राजनैतिक दलका नेताहरुले स्रोत साधन भौतिक पूर्वाधारले सम्पन धनकुटालाई राजधानी घोषण नगरिए धनकुटेलीको आन्दोलनलाई आगोको झिल्को सम्झिए राज्य र त्यस्का संयन्त्रका लागि महगो सावित हुने चेतावनी दिए । धनकुटालाई राजधानी घोषणा नगरिएसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् ।

प्रदेश १ सरकारले यही माघ २० गतेका लागि हिउँदे अधिवेशनको मिति तय गरेसँगै धनकुटामा आन्दोलन सुरु भएको हो ।यही अधिवेशनले प्रदेशको राजधानी र नाम तय गर्ने प्रदेश सरकारको तयारी छ ।

प्रदेश राजधानीकाकालागि भने तत्कालका लागि विराटनगरको विकल्प सोच्न नसकिने प्रदेशका धेरैजसो सांसद र अधिकांश प्रदेश मन्त्रीहरुले अभिब्यक्ति दिने गरेका छन् । मुख्यमन्त्री शेरधन राईले पनि पटक पटक भावनाभन्दा माथि उठेर सवैको प्रतिनिधित्व हुनेगरी राजधानी तोकिने बताउदै आएका छन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.