विराटनगर, माघ ३
पछिल्लो समय विराटनगरमा चोरीका घटना बढ्दै गएको छ । संसाँझै चारी गर्ने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।चोरीमा संलग्न विराटनगर त्रिमुर्ती चौकका राजनआर्चय र बरगाछीका साजन सिंह लाई वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले प्रक्राउ गरेको हो ।
विराटनगर ७ धाडेवा गल्ली स्थित लक्की ईलेक्ट्रोनिक्समा गत पुस ३० गते साउण्ड सिष्टम बनाउने बहानामा आएका उनीहरु पसलबाट साउण्ड सिस्टम चोरी गरेर फरार भएका थिए ।
पसलमा लगाईएको सिसिटिभी फुटेजमा रेकर्ड भए अनुसार बुफर बनाउने बहानामा एक जनाले पसलका साहुजीलाई कुराकानी गर्दै भुलाउँछन् । त्यही मौकामा अर्का ब्यक्तिले पसलको बाहिर राखिएको वुफर चोरी गरेर भाग्छन् ।
पसलबाट चार हजार दुई सय मुल्य बराबरको साउण्ड सिस्टम चोरी गरेको पसलका सञ्चालक मो.तहसिन हुसेनले जानकारी दिए । चोरी भएको थाहा पाउना साथ उनले वडा प्रहरी कार्यलय विराटनगरमा उजुरी दिएका थिए ।
पक्राउ परेका उनीहरुमाथि जिल्ला प्रहरी कार्यालय मोरङमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी धनाश्याम श्रेष्ठले जानकारी दिए ।