×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

नेपालमै पहिलो पटक वीरगंजमा अश्वमेध गायत्री महायज्ञ हुँदै

३ माघ २०७५

वीरगन्ज,माघ २
नेपालमा पहिलो पल्ट अश्वमेध गायत्री महायज्ञ हुने भएको छ । अश्वमेध गायत्री महायज्ञ बारे जानकारी गराउन अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्ति पीठका संयोजक एव वीरगन्ज महानगरपाकिलाका मेयर विजय कुमार सरावगीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउनको लागि पहिलो पल्ट यज्ञ गर्न लागिएको बताए ।

उनले यज्ञले प्रकृतिको चक्रलाई नियमित गर्न, शारीरिक, मानसिक रोगव्याधिको उपचार गर्न सक्ने बताए । वैज्ञानिक ढंगले संचालन हुने यस यज्ञबाट जल, थल, वायु, आकाश, महाभुतहरुको शुद्धिकरण हुन्छ उनले भने यज्ञबाट तयार हुने सात्विक वातावरणले मानिसको आध्यात्मिक विकासमा अत्यन्त फलदायी हुनेछ ।

Advertisement
Advertisement

यज्ञको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । राष्ट्रपतिबाट मौखिक रुपमा अनुमति पाईसकेको छ मेयर सरावगीले भने ४—५ दिन भित्र लिखित अनुमति पाएपछि राष्ट्रपतिले नै फाल्गुन १९ गते अश्वमेध गायत्री महायज्ञको उदघाटन गर्नेछिन् ।। २ करोड भन्दा बढीको लागतमा यज्ञको आयोजना गर्न लागिएको हो । यसको लागि यही माघ ७ गते वीरगन्जको आर्दशनगर स्थित आर्दशनगर रगंशालामा भूमि पुजन हुने भएको छ ।

यज्ञमा सहभागि हुने ४—५ लाख व्यक्तिलाई हवन गर्न २५१ कुण्डीय भव्य यज्ञशाला र देव सस्कृतिलाई दर्शाउने एउटा विशेष प्रदर्शनी निर्माण गरिने छ । शान्तिकुञ्ज हरिद्धारका विशेष पुरोहित तथा साधकहरु द्धारा तीन दिनसम्म हवन यज्ञ र १२ प्रकारका निशुल्क संस्कार हुने उनले बताए । महान आध्यात्मिक संत तथा देशभरीबाट मानिसहरुको समागम र यज्ञ सवैका लागि पूर्णतः निशुल्क हुनेछ, यदी स्वैच्छिक दान मात्र स्वीकृत हुने शक्तीपीठका संयोजक सरावगीले बताए । २४ जडिबुटी र ध्यूवाट मिश्रित हवनमा उत्पन्न हुने वायुले गर्दा ४० किलोमिटर सम्म वातावरण प्रर्दुशन मुक्त हुने वैज्ञानिक मान्यता समेत रहेको उनले बताए ।

गायत्री यज्ञ धार्मिक मात्र होइन वैज्ञानिक अध्यात्मिक यज्ञ हो, यसले समग्र देश समाजको सुख, शान्ति र समृद्धिलाई बृद्धि गराउने उदेश्यका साथ गरिने विशेष आध्यात्मिक प्रयोग हो उनले भने यस यज्ञले देशको वातावरणलाई सूक्ष्म रुपमा शुद्ध पार्न मद्दत गर्छ । सामुहिक रुपमा जन जागरण गरेर निदाएर बसेका प्रतिभालाई जगाउन र जागृत प्रतिभालाई सभ्यता संस्कृतिको उत्थानमा नियोजन गर्नका लागि अश्वमेध एउटा सशक्त माध्यम पनि रहेको उनले बताए ।

फाल्गुन १९ गते शुरु भई २२ गते सम्म चल्ने ४ दिने यस यज्ञमा भारत नेपालका गरी करिब ५ लाख भन्दा बढीको सहभागिता हुने छ । यज्ञमा दैनिक ६० हजार व्यक्ति एक हवन गर्न सकिने सम्पूर्ण व्यवस्था मिलाएको मेयर सरावगीले बताए । यज्ञमा सहभागि हुन आउने भारतीय एव अन्य देशबाट पाल्नु हुने पर्यटकको लागि खाना, बस्ने सुविधा समेत शक्तीपीठले मिलाएको छ । आध्यात्मिक ज्ञान दिन यज्ञ अवधि भर २० वटा भन्दा बढी कार्यशाला गोष्ठीको आयोजना गरिने छ ख्यातिप्राप्त प्रशिक्षकहरुले प्रशिक्षण समेत दिनेछन् ।

यज्ञ सफल बनाउन नेपाल सरकारले १ करोड रुपैया अनुदान दिने  मेयर सरावगीले  जानकारी गराए । यज्ञ सफल बनाउन ३ हजार कार्यकर्ता स्वयसेवक, २ हजार सुरक्षाकर्मी, विभिन्न ठाउमा २५ भन्दा बढी महिला, अपाङ्ग मैत्रि घुम्ती शौचालय स्थापना, यज्ञमा सहभागि हुने पर्यटकका लागि बसोबास गर्न १२ हजार अवासको व्यवस्था मिलाएको मेयर सरावगीले बताए ।

Advertisement

पहिलो दिन विभिन्न झाकी सहित ५१ सय कलश यात्रा वीरगन्ज नगरमा परिक्रममा गरिने छ । पुरै विश्वमा १३ करोड सदस्य रहेको गायत्री समाजले १०८ स्थानमा अश्वमेध यज्ञ गर्ने लक्ष्य लिएको छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top