×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

पानीजहाज सञ्चालन सम्झौताका लागि भारतीय टोली आउँदै, सम्झाैतालगत्तै जहाज चल्ने

४ माघ २०७५

काठमाडौं,माघ ४

भारतीय सामुन्द्रिक बन्दरगाहबाट नेपाली बोर्डरसम्म पानीजहाज ल्याउने सन्दर्भमा छलफल र सम्झौता गर्नका लागि पानीजहाज सम्बन्धी भारतीय विज्ञ प्राविधिक टोली नेपाल आउने भएको छ ।

Advertisement
Advertisement

सरकारले गत जेठमा गठन गरेको पानीजहाज सञ्चालन सम्बन्धी प्रारम्भिक अध्ययन गर्न बनेको समितिले सरकारलाई बुझाएको सुझाव बमोजिम ‘नेपाल पानीजहाज कार्यालय’ स्थापना भएसँगै कार्यालयले भारतीय पक्षसँग आवश्यक छलफल र सम्झौता गर्ने समितिका संयोजक माधव वेलबासेले बताए ।

मन्त्रीपरिषद्को पुस २९ गते बसेको बैठकले इन्जिनियरिङतर्फका प्राविधिक सहसचिवको नेतृत्वसहित १६ जनाको दरबन्दी रहनेगरी उक्त कार्यालय गठन गर्ने निर्णय गरेको थियो । सरकारले कार्यालयमा रहने कर्मचारीहरु नियुक्त गरि कार्यालयलाई पूर्णता दिएसँगै भारतीय पक्षसँग सम्झौता गर्ने प्रक्रिया अघि बढ्ने बताइएको छ ।

उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव समेत रहेका समितिका संयोजक वेलबासेले सरकारले उक्त कार्यालय गठन गर्ने कदम नेपालमा पानीजहाज सञ्चालनको लागि कोशेढुङ्गा भएको बताए । ‘पानीजहाज कार्यालय गठन गर्ने सरकारको यो कदम पानीजहाज सञ्चालनको लागि कोशेढुङ्गा सावित हुनेछ, कार्यालयले पूर्णता पाएसँगै भारतीय प्राविधिक टोली द्धिपक्षीय वार्ताका लागि काठमाडौं आउँछन्, उनीहरु मार्चमा आउने निश्चित जस्तै भइसकेको छ ।’ उनले भने ।

गत जेठमा गठन भएको बेलबासे नेतृत्वको ६ सलस्यीय समितिले कोशी, गण्डकी, कर्णाली लगायत भारततर्फ बग्ने ठूला नदीहरुमा पानीको बहाव, नदीको चौडाई र अन्य भौतिक अवस्थाको अध्ययन गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, वाणिज्य तथा आपुर्ति मन्त्रालय तथा उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय समेतका प्रतिनिधि रहेको उक्त समितिले भारतीय पक्षको सहयोग समेतमा गरेको अध्ययन गरेकाे थियो ।

उक्त अध्ययनले कोशी नदीमा नेपालको सिमानाबाट २४० किलोमिटर र गण्डकीमा ३७५ किलोमिटरमा नेपालले समुद्र भेट्टाउने देखाएको छ । समितिले ३ मिटर गहिराई र ६० मिटर चौडाई भएको नदीमा १५ सय मेट्रिकटन क्षमता भएको जहाज ओहोरदोहोर गर्नसक्ने निष्कर्ष समेत निकालेको छ । भारत समेत नेपाललाई इनल्यान्ड वाटरवे सेवा दिनका लागि तयार छ ।

नदीहरुमार्फत् पानीजहाज सञ्चालन गरेमा हाल कोलकत्ताबाट नेपाली बोर्डरसम्मको ढुवानी खर्च ७० प्रतिशत भन्दा बढीले घट्ने प्रक्षेपण गरिएको छ । हाल त्यस्तो ढुवानी खर्च प्रतिकेजी ४ रुपैंया ३० पैसा लाग्ने गरेको छ । पानीजहाजबाट आउँदा सो खर्च १ रुपैंया ७० पैसा पर्ने प्रक्षेपण गरिएको छ ।

Advertisement

नेपालले जस्तै भारतले पनि यस्तै किसिमको इनल्यान्ड वाटरवे सेवा सञ्चालन गर्न लागेको छ । उसले सामुन्द्रिक बन्दरगाहदेखि कालुघाटसम्म त्यस्तो सेवा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । उक्त क्षेत्रमा उसले २ हजार मेट्रिकटनसम्मको क्षमता भएको जहाज सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top