विराटनगर, माघ ४
मोरङको बुढिगंगा गाउँपालिका–६ कडेरुवामा खाना पकाउने क्रममा सारीमा आगो लाग्दा १ जना महिला घाईते भएकी छन् ।
आज बिहान ८ बजेको समयमा चुलोमा बसी खाना पकाईरहेकी २७ बर्षीया कल्पना चौधरीको अचानक सारीमा आगो लाग्दा शरिरका बिभिन्न भाग जलेर घाईते भएकी हुन् ।
घाईतेको हाल बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।