‘प्रेमलीला’को ट्रेलर सार्वजनिक

४ माघ ७५, शुक्रबार
Share this
680shares

काठमाडौँ, माघ ४
नेपाली चलचित्र ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक भएको छ । फागुन १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सो चलचित्रमा दीपशिखा खड्का, भारतीय मोडल अली खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको पनि अभिनय रहेको छ ।

Advertisement

जनक पाण्डे निर्देशीत सो चलचित्रलाई फैजली फिल्मस् प्रोडक्सनको ब्यानरमा दिपशिखा खड्का र नानी मैया कार्कीले संयुक्त रुपमा सिनेमा निर्माण गरेकाका हुन् ।चलचित्रमा नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको छ भने पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक राम दुलालको सम्पादन रहेको छ ।

चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । चलचित्रको फस्टलुक पोस्टर र दुई गीत सार्वजनिक भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top