×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

बीपीएल : अन्तिम खेलमा सन्दिप विकेटविहिन

५ माघ २०७५

एजेन्सी, माघ ५
बंगलादेश प्रिमियर लिग अन्तर्गत सन्दीप लामिछाने आफ्नो अन्तिम खेलमा विकेट विहीन बनेका छन् । नेपालले युएईविरुद्धको खेल्ने एक दिवसीय र टी–२० सिरिजका लागि प्रस्थान गर्नुअघि शनिबार अन्तिम खेल खेलेका सन्दीपले ४ ओभरमा २१ रन खर्चिए ।

रंगपुर राईडर्सविरुद्ध विकेट विहीन बनेका उनका महत्वपूर्ण ३ क्याच भने ड्रप भएका थिए । २१ औं खेलमा उनकोे टोली सिल्हेट सिक्सर्स ४ विकेटले पराजित भएको छ । १ सय ९५ रनको लक्ष्य रंगपुरले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो ।

Advertisement
Advertisement

रंगपुरको जितमा रिली रोसोवले ३५ बलमा ९ चौका २ छक्का प्रहार गर्दै ६१ रन बनाए । त्यस्तै एबी डी भिलियर्सले ३४,एलेक्स हेल्स ३३,नाहिदुल इस्लाम १९,फरहाद रजा १८ र मोहम्मद मिथुनले १४ रन जोडे ।
सिक्सर्सका तस्कीन अहमदले ४ ओभरमा ४२ रन खर्चेर ४ विकेट लिएपनि टोलीको हार टरेन ।

त्यस अघि सिल्हेट इन्टरनेशनल क्रिकेट स्टेडियमा टस हारेर ब्याटिङ थालेको सिल्हेट सिक्सर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९४ बनाएको थियो । सिक्सर्स शब्बिर रहमानले ५१ बलमा ६ छक्का र ५ चौका प्रहार गर्दै ८५ रन बनाए पनि टोलीको हार टरेन । त्यस्तै निकोलस पुरन ४७, कप्तान डेविड वार्नर र अफिफ हसनले समान १९ रन जोडे । रंगपुरका लागि कप्तान मशरफे मोर्तजाले २ विकेट लिएका थिए ।

सन्दिपले चौथो ओभरमा आफ्नो स्पेलको पहिलो ओभर बलिङ गरेका थिए । जसमा सन्दिपले ३ रन खर्चिए । दोस्रो र अन्तिम बलमा क्याच ड्रप हुँदा विकेट लिन असफल भएका थिए । पहिला र दोस्रो बलमा एलेक्स हलले रन बनाउन सकेनन् । तेस्रो बलमा २ रन लिएका हलले चौथो बल पनि डट राखेका थिए ।

पाँचौ बलमा एक रन लिँदै हल ननस्ट्राइकमा आए पछि अन्तिम बल रिले रसवेले रन लिए । उनको क्याच भने ड्रप भए पछि सन्दिप केही निराश देखिएका थिए । टिमको आठौं ओभर हुँदा व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा एवि डेभिलियर्सले एक रन लिए । सन्दिपले दोस्रो बल डट राखेका थिए । तेस्रो बलमा एक रन खर्चिका सन्दिपले चौथो बलमा डेभिलियर्सको व्याटमा बल निकहुँदा विकेट किपरले क्याच लिन सकेनन् । पाँचौ बलमा चौका खाएका सन्दिपले अन्तिम बलमा १ रन दिए ।

व्यक्तिगत तेस्रो ओभरमा सन्दिपले पहिलो बलमा १ रन दिएका थिए । दोस्रो बलमा १ रन दिएका सन्दिपले तेस्रो बलमा चौका खाएका थिए । चौथो बलमा १ रन दिए । पाँचौं बलमा १ रन खर्चिदा अन्तिम बल भने डट राख्न सफल भए ।सन्दिपले व्यक्तिगत चौथो ओभर टिमको १६औं ओभरमा गरेका थिए । सुरुआती तीन बल डट राखेका थिए । चौथो, पाँचौ र छैटौं बलमा एक एक रन दिएका थिए ।

Advertisement

उनी अब युएईविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टिममा समावेश हुनेछन् । १३ गतेदेखि शुरु हुने प्रतियोगिताका लागि नेपालले २ दिन भित्र टिमको घोषणा गर्ने छ । जसमा यसपटक केही नयाँ र युवा खेलाडी टिममा पर्नेछन् ।नेपाली टिम आउँदो मंगलबार युएई प्रस्थान गर्दैछ । त्यसका लागि उनी काठमाडौं आउने छन् । सिलेट सिक्सर्स बीपीएल क्रिकेटको दोस्रो राउण्डमा प्रवेश गरे युएईबाट सन्दिप बंगलादेश जाने छन् । दोस्रो चरणमा नपुगे अष्ट्रेलियाको बिग ब्यास खेल्न त्यता पुग्ने जनाइएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top