यूएईविरुद्धको नेपाली टोली घोषणाः चार नयाँ अनुहार, शरदले नाम फिर्ता लिए

काठमाडौं, माघ ६
यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । टोलीमा चार नयाँ अनुहारहरु परेका छन् । यही माघ १३ गतेबाट यूएईमा हुने प्रतियोगिताका लागि घोषणा भएको टिममा पवन सराफ, सन्दिप जोरा, अभिनाश बोहरा र भिम सार्कीले पहिलो पटक टिममा स्थान बनाएका छन् ।

Advertisement

नेपालबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्न लागेका यी चार खेलाडी यू–१९ टिमबाट आएका हुन् । पछिल्लो पटक घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेर क्याम्पमा पनि राम्रो गरेका कारण चार जनाले पहिलो पटक टिममा स्थान बनाएका हुन् ।

तर यसपटक यूएईविरुद्धको सिरिजमा अनुभवी खेलाडी शरद भेषावकरले नखेल्ने भएका छन् । क्याम्पमा रहे पनि अन्तिम समयमा बिरामी परेका कारण शरदले टिमबाट नाम फिर्ता लिएका छन् । यसअघि विश्व क्रिकेट लिग अन्तर्गत हङकङ विरुद्धको दुई खेलमा पनि उनी बिरामी भएका कारण घर फर्किएका थिए ।

Advertisement

यस्तै नेदरल्याण्ड्सविरुद्धको दोस्रो एक दिवसीय खेल पनि चोटका कारण गुमाएका थिए । टिममा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, अभिनाश बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, भिम शार्की, विनोद भण्डारी, दिपेन्द्र ऐरी, करण केसी, ललित राजवंशी, आरिफ शेख, पवन सराफ, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सन्दिप जोरा रहेका छन । यो प्रतियोगिताका लागि लेग स्पिनर सन्दीप लामिछाने सोमबार नेपाल आइपुग्नेछन्

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top