विराटनगर, माघ ६
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)मोरङको आयोजनामा माघ ८ गतेदेखि १० औं प्याब्सन स्पोर्टस् मिटको हुने भएको छ ।
प्याब्सन मोरङले आईतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी माघ ८ गतेदेखि १० गतेसम्म बेलबारी–११, लक्ष्मिमार्गमा रहेको लक्ष्मि खेल मैदानमा स्पोर्टस् मिट हुने जनाएको हो ।
प्याब्सन स्पोर्टस् मिटमा मोरङमा प्याब्सनसँग आबद्ध २ सय ३८ वटा निजी स्कूलबाट १ हजार ५ सय विद्यार्थी खेलाडीहरु प्रतिस्पर्धामा सहभागि हुने प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतल जानकारी दिए ।
विराटनगर भइरहेको प्याब्सन स्पोर्टस् मिट यसपाली विराटनगरमा हुने महिला साफ फुटबलका कारण मैदान अभावले मोरङको बेलबारीम ागर्न लागिएको उनले बताए ।
२५ भन्दा बढी एथलेटिक्सका खेलहरु समावेश गरिने छ । प्याब्सन स्पोर्टस् मिटमा छात्र तथा छात्रातर्फ दौड, रिले दौड, लङजम्प, हाईजम्प,ट्रिपल जम्प, सर्टपुट ज्याभ्लिङ थ्रो तथा भलिवलको खेलहरु समावेश गरिएको प्याब्सन मोरङले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यालयलाई ट्रफी प्रदान गरिने छ भने विद्यार्थी खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने जनाईएको छ ।
तीन दिनसम्म सञ्चालन हुने प्याब्सन स्पोर्टस् मिटमा करिव १२ लाख खर्च हुने आयोजकले बताएको छ । प्याब्सनमा विद्यालय दर्ता शुल्क एक हजार पाँच सय रुपैँया तोकिएको छ ।