NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते  बिहिबार साउन १ , २०८२
अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा बिहिबार साउन १ , २०८२
आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण  बिहिबार साउन १ , २०८२
ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ? बिहिबार साउन १ , २०८२
आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा बिहिबार साउन १ , २०८२
Next
Prev

समाचार

विराटनगरमा तरुण दलको सरकार विरोधी आन्दोलन

मङ्लबार माघ ८ , २०७५
Reading Time: 1 min read
A A
विराटनगरमा तरुण दलको सरकार विरोधी आन्दोलन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, माघ ८
कांग्रेस भ्रातृ संगठन तरुण दलले प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट सरकार विरोधी आन्दोलन सुरु गरेको छ । तरुण दलका केन्द्रीय नेताको सहभागितामा मंगलबार विराटनगरबाट सुरु भएको आन्दोलन सातै प्रदेशमा हुनेछ ।

विरोध सभालाई सम्बोधन गर्दै नेपाल तरुण दलका केन्द्रीय सभापति जितजंग बस्नेतले निर्मला पन्तको बलात्कार र हत्यामा गृहमन्त्रीकै छोरातर्फ औंला ठडिएको आरोप लगाउँदै उनलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । उनले ‘‘यो घटनामा गृहमन्त्रीका छोरालाई कानुनी दायरामा ल्याइनु पर्छ ।’’

Advertisement

उनले भने एउटा बच्चीको बलात्कार र हत्या हुँदासमेत सरकार नै त्यसलाई ढाकछोप गर्न सक्रिय भएको आरोप लगाए । घटना हुँदा गृहमन्त्रीका छोरा महेन्द्रनगरमा नै रहेको उनले बताए । सरकारलाई भ्रष्टाचारमुक्त बनाउन दबाब दिने उद्देश्यले तरुण दल आन्दोलन लिएर सातवटै प्रदेशमा गएको नेताहरुले बताए । भ्रष्टाचारमा सरकार नै फसेकोले यसको विरोधमा सडकमा आउनु परेको र समृद्धिको कुरा गर्ने सरकार असफल बन्दै गएको दाबी गरे । प्रधानमन्त्री केपी ओलीलाई जनताले समृद्ध नेपाल बनाउने आशामा दुई तिहाई मत दिएको तर त्यसको त्यसको अवमूल्यन भएको बताए । भने,‘‘हामीले पनि चिठी पठाएर देशलाई समृद्ध बनाउनु होस भन्दै शुभकामना दिएका थियौं तर सरकारको बाटो उँधोगतितर्फ लागेको छ ।’’ देशलाई अधिनायकवाद तर्फ लैजान अहिले मुलुकमा चारथरिका कम्युनिष्ट सक्रिय भएको बताउँदै बस्नेते सानो अंशका रुपमा एउटा सडकमा, अर्को जंगलमा, एउटा संसदमा र अर्को सरकारको रुपमा सरकारमा रहेको बताए । भने,‘‘सबैतिरबाट घेराबन्दी गरेर मुलुकलाई अधिनायकवादतर्फ लग्ने प्रयास हुँदैछ ।’’

विराटनगरको शनिबाटबाट विरोधसहित शुरु भएको जुलुस महेन्द्र चौकमा आई विरोध सभामा परिणत भएको थियो । सभामा सहभागी हुन प्रदेश १ का चौधवटै प्रदेशबाट तरुण दलका कार्यकर्ता विराटनगरमा भेला भएका थिए । सभालाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय उपसभापति उत्तम चापागाईंले वाइडबडीमा खरिदको घटनामा संलग्न मन्त्री रविन्द्र अधिकारीले राजिनामा नदिएर निर्लज्जता प्रदर्शन गरेको बताउँदै भने,‘‘यो प्रकरण पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा शुरु भई केपी ओलीको पालामा पूरा गरिएको छ ।’’ सरकारले जनतालाई दिनुपर्ने उपहार हेलिकप्टर र १८ करोडको गाडीको रुपमा राष्ट्रपतिलाई दिएको आरोप लगाए ।

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई बचाउन सरकार नै सक्रिय भएको आरोप लगाउँदै भने,‘‘वाइडबडी र सुनकाण्ड गर्ने पनि सरकारै मानिसहरु हुन ।’’ उनले सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाको नामका अस्पताल खारेज गरिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

कोषाध्यक्ष विद्वान गुरुङले सरकारको रवैया जनहित भन्दा पनि आफ्ना मानिस र आसोपपासेलाई पोस्ने खालको भएको बताए । अत्यधिक कर बढाएर जनताको ढाड सेकेको, महंगी चुलिएको र जनताको थाप्लो ऋण अझ बढेको उनको भनाइ थियो ।विरोध सभामा तरुण दल सुनसरीका सभापति सिजन गुरुङ, झापाका सभापति गोपाल तामाङ, मोरङ काँग्रेसका सचिव नागेश कोइराला, तरुण दलका केन्द्रीय सदस्य रंजित झा र मोरङ सभापति सञ्जय थापाले मन्तब्य राखेका थिए ।

लोकप्रीय

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा

बिहिबार साउन १ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२

विचार

थप समाचार

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा
अन्तर्राष्ट्रिय

आर्थिक

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२
ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?
ताजा समाचार

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

बिहिबार साउन १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा

बिहिबार साउन १ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.