राष्ट्रिय वाणिज्य बैंक विराटनगरको निक्षेप २७ अर्ब ५८ करोड

१० माघ ७५, शुक्रबार

विराटनगर, माघ १०
चालु आर्थिक बर्षको पुस मसान्तसम्म राष्ट्रिय वाणिज्य बैंक विराटनगर शाखाले २७ अर्बभन्दा बढी निक्षेप संकलन गरेको छ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा क्षेत्रीय उपप्रबन्धक गायत्रीप्रसाद गुरागाईले बैंकको गतिविधिका बारेमा जानकारी दिंदै क्षेत्रीय कार्यालय विराटनगर शाखाले २७ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरेको बताए ।

Advertisement

कार्यालयले १९ अर्ब २२ करोड कर्जा प्रवाह गरेको उनले जानकारी गराए । क्षेत्रीय कार्यालयअन्तर्गत ४६ वटा शाखा, ३१ वटा एटीएम सञ्चालनमा रहेको उनले बताए ।

शिक्षित युवा स्वरोजगार, महिला उद्यमशीलता, विदेशबाट फर्किएका युवा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितका लागि निजी आवास निर्माणका लागि कर्जा प्रवाह गरिरहेको विराटनगर शाखाका प्रबन्धकसमेत रहेका कार्यक्रम संयोजक दुष्यन्तराज निरौलाले जानकारी दिए ।

Advertisement

कार्यक्रममा उद्योगी जगदीश अग्रवाल, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, एसपी मनोज केसीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top