एजेन्सी, माघ १२
दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई २४३ रनको लक्ष्य दिएको छ । घरेलु टोलीले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ५० ओभरमा ६ विकेट गुमाएर २४२ रन बनायो ।
नेपालको सुरुवात राम्रो रहृयो । ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । तर, त्यसपछि नेपालले लगातार विकेट गुमायो । भण्डारी २१, मल्ल ४४ र दिपेन्द्र सिंह ऐरी १०, पवन शरार्फ, ८ र पारस खड्का २१ रनमा आउट भए ।
कप्तान खड्का पाँचौं विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर मात्र ११० रन थियो । तर, आरिफ शेख र रोहितकुमार पौडेलले पारी सम्हाले । दुबैले छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरे ।
शेख २९ रनमा आउट भए भने रोहितले अर्धशतक पुरा गरे । उनी ५५ रन बनाएर पभेलियन फर्किए । करण केसीले १० बलमा १८ रन बनाए । सोमपाल कामीले २ रन बनाउादा सन्दीप लामिछाने १३ र ललित राजवंशी ३ रनमा अटआउट रहे ।