×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026

सन्दीप र सोमपालको घातक बलिङमा यूएईमाथि नेपालको कीर्तिमानी जित

१२ माघ २०७५

एजेन्सी, माघ १२
सोमपाल कामी र स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गरेपछि यूएईसँगको दोस्रो ओडीआई खेलमा नेपाल १ सय ४५ रनको फराकिलो अन्तरले विजयी भएको छ । नेपालको लागि ओडीआईमा यो जित सर्वाधिक फराकिलो अन्तर हो । यो जितसँगै तीन ओडीआई श्रृंखला १ –१ को बराबरीमा पुगेको छ ।

सोमपालले ५ विकेट र सन्दीपले ४ विकेट लिएपछि २ सय ४३ रनको लक्ष्य पक्ष्याएको घरेलु टोली यूएई १९.३ ओभरमा ९७ रनमा अल आउट भयो । नेपालको फराकिलो जितमा सोमपाल कामीले ६.३ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर ५ विकेट लिए । यो सोमपालको ओडीआई करियरकै उत्कृष्ट प्रर्दशन समेत हो । त्यस्तै ओडीआईमाएकै खेलमा ५ विकेट लिने सोमपाल पहिलो नेपाली बलर पनि बनेका छन् । त्यस्तै सन्दीपले ४ओभरमा १ मेडनसहित २४ रन खर्चेर ४ विकेट लिए ।

Advertisement
Advertisement

सोमपालले पहिलो ओभरको अन्तिम बलमा ओपनर चिराग सुरीलाई शूल्यमा पेभिलिएन फर्काएका थिए । तेस्रो ओभरको पाँचौ बलमा सोमपालले नै गुलाम शब्बिरलाई आरिफ शेखबाट क्याच गराउँदै २ रनमा आउट गरे । लगत्तै पाँचौ ओभरको अन्तिम बलमा शइमन अनवारलाई खाता खोल्न नदिई एलबी डब्लू आउट गरे ।

सातौं ओभरको पहिलो बलमा अस्फाक अहमदलाई २० रनमा पेभिलिएनको बाटो देखाएपछि यूएई दबाबमा परेको थियो । सन्दीपले १५ ओभरमा तीन विकेट लिएपछि यूएईको जितकोआसा सकिएको थियो । सन्दीपले १५ ओभरको दोस्रो बलमा रिजवानलाई १६, तेस्रो बलमा फहद नवाज र अन्तिम बलमा आमिर हायतलाई शून्यमा पेभिलिएन फर्काएपछि नेपालको जित पक्का बन्न पुगेको थियो ।

त्यस्तै आक्रमक ब्याटिङ गर्न खोजि रहेका कप्तान मोहम्द नाविद १८ औं ओभरमा रन आउट भए । नाविदले ९ बलमा २ छक्का सहित रन जोडे । त्यस्तै मोहम्द उस्मानले २६ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

त्यसअघि युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले दोस्रो ओडीआईमा यूएईलाई २ सय ४३ रनको लक्ष्य दिएको थियो । आईसीसी एकेडेमी मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले रोहितको ५५ रनको मदतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४२ रन बनाएको थियो ।

नेपालले यो ओडीआईमा बनाएको सर्वाधिक रन समेत हो । यसै खेलबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका रोहितले ४७ औं ओभरको पहिलो बलमा आउट हुनुअघि ५८ बलमा ७ चौका प्रहार गर्दै महत्त्वपूर्ण ५५ रन बटुले ।

त्यसअघि ओपनर ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका १५.३ ओभरमा ६१ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाए । १६ औं भरमा कट बिहाइन्ड हुनुअघि विनोदले ४६ बलमा २ चौकाको मदतले २१ रन जोडे । अर्का ओपनर ज्ञानेन्द्र पनि ४४ रनमा पेभेलियन फर्किए । यो ओडीआईमा नेपालका लागि सुरुवाती जोडीले गरेको सर्वाधिक साझेदारी पनि हो ।

यस अघि नेदरल्यान्डसँग डेब्यूमा मल्ल र अनिल कुमार शाहले ५८ रनको साझेदारी गरेका थिए । लामो सट प्रहार गर्ने धुनमा ज्ञानेन्द्र जहुर खानको बलिङमा मिड अन क्षेत्रमा समातिए । उनले ६१ बलमा ४ चौका प्रहार गरे । यद्यपी सुरुवात राम्रो गरेको नेपालको मध्यक्रम भने केहि धराशायी देखियो । नेपालले सुरुवाती ५ विकेट ५२ रनको अन्तरमा गुमाएको थियो ।
चौथो नम्बरमा आएका दिपेन्द्रसिंह ऐरी अस्फाक अहमदको बलमा एलबीडब्लु आउट भए । उनले १२ बलमा २ चौकासहित १० रन जोडे । पाँचौ विकेटका रुपमा २७ औं ओभरमा इमरान हैदरले पवनसरार्फलाई ८ रनमा सिपी रिजवानको हातबाट क्याच गराए । पवन पनि ठूलो शट प्रहार गर्ने चक्करमा क्याच आउट भएका थिए । लगत्तै २९ औं ओभरमा कप्तान पारस खड्कालाई हैदरलेनै एलबी डब्लू आउट गर्दै २१ रनमा पेभिलिएन फर्काए ।

त्यसपछि छैटौं विकेटका लागि आरिफ शेख र रोहित कुमार पौडेलले ८२ रनको महत्वपूर्ण साझेदारी गर्दा नेपालले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो । आरिफ ४५ ओभरको तेस्रो बलमा हैदरको एलबी डब्लूको सिकार हुनु अघि ४९ बलमा २ चौका सहित २९ रनमा आउट भए । त्यस्तै करण केसीले आक्रमक ब्याटिङ गर्दै ११ बलमा २ छक्का सहित १८ रनको योगदान दिए । सोमपाल कामी २ रनमा आउट हुँदा सन्दीप लामिछाने १४ र ललित नारायण राजवंशी ३ रनमा नट आउट रहे ।

Advertisement

यूएईका इमरान हैदर १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । अमिर हायतले पनि ३ विकेट हात पारे । कप्तान मोहमद नविद, जहुर खान र अस्फाक अहमदले समान १–१ विकेट लिए ।(हाम्रो खेलकुदबाट)

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top