विराटनगर, माघ १७
विराटनगरको जेनिथ इन्टरनेशनल कलेजले भारतको श्रीश्री रविशंकर विश्वविद्यालयले आयोजना गरेको ‘वरियन कल्चर फेस्ट’ मा सहभागिता जनाएको छ । जेनिथले रविशंकर विश्वविद्यालयद्धारा भारतको उडिसा राज्यको भुवनेश्वरीमा आयोजित सो तीन दिने कल्चर फेस्टमा सहभागिता जनाएको हो ।
जनवरी १८ देखि २० सम्म चलेको कल्चर फेस्टको विजनेस सेमिनार, टक शो, प्रशिक्षण, कल्चर र खेलकुद लगायतको प्रतियोगितामा जेनिथ कलेजका ७ जना विद्यार्थी सहभागि भएको जेनिथ क्याम्पसका प्रमुख सन्दिपदास श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा जेनिथका विद्यार्थीहरु विभिन्न प्रतियोगिताको फाईनल सम्म पुग्न सफल भएका थिए ।सो कल्चर फेस्टमा कलेजका विष्णुकान्त चौधरीको नेतृत्वमा वीवीए तेश्रो र पाँचौं सेमेष्टरका आकाश भगत, चिरञ्जीवी माझी, मिङ्मा तामाङ, मोनिका सुब्बा, कृतिका श्रेष्ठ र प्रतिमा विश्वकर्मा सहभागि भएको श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार नेपाली भेषभुषामा सजिएका विद्यार्थीहरुले नेपाली गीत संगीतमा भव्य प्रस्तुति दिएका थिए । रविशंकर विश्वविद्यालयको निमन्त्रणामा जेनिथ कलेज पहिलो पटक वरियन कल्चर फेस्टमा सहभागि भएको हो ।