विराटनगर, माघ २०
प्रजातान्त्रिक आन्दोलनकी नेतृ नोना कोइरालाको स्मृति दिवसका अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
नोना कोइराला स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा समाजसेवी बनी नेपाल, स्वतन्त्रता सेनानी तोरेन्द्रमान सिंह प्रधान, पूर्व शिक्षामन्त्री राधाप्रसाद घिमिरे, शिक्षाप्रेमी गोपाल शर्मा, नारायण अर्याललाई सम्मान गरेको हो ।
यस्तै कार्यक्रममा अन्नपूर्णपोष्टका प्रधानसम्पादक हरिबहादुर थापालाई नगद २५ हजारसहित पुरस्कृत गरिएको थियो । प्रदेश नम्बर १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ, नोना कोइराला स्मृति प्रतिष्ठानका संरक्षक एवं कांग्रेस नेता डा. शेखर कोइराला र अध्यक्ष डा. नारायणकुमारले संयुक्त रुपमा दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख तुम्बाहाङले नोना कोइरालाले प्रजातन्त्र स्थापनाका लागि पु¥याएको योगदानको चर्चा गरे । यस्तै कार्यक्रममा प्रतिष्ठानका संरक्षक डा. शेखर कोइरालाले राजनीतिमा संस्कार र इमान्दारीता कायम गरेर अगाडि बढ्न सके मात्र नोना कोइरालाप्रति सच्चा सम्मान हुने बताए ।