घृणात्मक अभिव्यक्तिलाई बढावा दिन नपाइने

१८ पुस ७४, बुधबार

काठमाडौँ, पुस १९
मानव अधिकार तथा शान्ति समाजले अभिव्यक्ति स्वतन्त्रताका नाममा घृणात्मक अभिव्यक्तिलाई बढावा दिन नपाइने व्यवस्था हुनुपर्नेमा जोड दिएको छ ।

Advertisement

रौतहटको चन्द्रपुरमा हालै सम्पन्न समाजको २० औँ राष्ट्रिय परिषद् बैठकले घृणा र विखण्डन फैलाउने अभिव्यक्तिलाई दण्डनीय बनाउनुपर्ने तथा मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताका नाममा अराजकतालाई बढावा दिन नहुने बताएको छ ।

समाजका सभापति गंगाधर अधिकारीको अध्यक्षतामा भएको परिषद् बैठकले मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका पक्षमा अनवरत सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको समाजले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top