आगामी वर्षदेखि सोनाम ल्होसारमा विराटनगरमा विदा दिइने

२२ माघ ७५, मंगलबार
Share this
709shares

विराटनगर, माघ २२
तामाङ समुदायले मनाउने सोनाम ल्होसार पर्वको अवसरमा विराटनगर महानगरपालिकाले आगामी वर्षदेखि सार्वजनिक विदा दिने भएको छ । २८५५ औ सोनाम ल्होसारको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि भएका महानगरका मेयर भीम पराजुलीले आउदो बर्षदेखि सोनाम ल्होसारका दिन महानगरपालिका भित्र विदा दिइने घोषणा गरेका हुन् । उनले तामाङ समुदायको धर्म संस्कृति संरक्षणका लागि गुम्बा निर्माण गर्न आवश्यक पर्ने जग्गा र आर्थिक सहयोग समेत महानगरपालिकाबाट उपलब्ध गराउने आश्वासन दिएका छन् ।

Advertisement

सोनाम ल्होसारको अवसरमा विराटनगरमा आयोजित कार्यक्रमका सहभागि तामाङ समुदायका अगुवाहरुले सोनाम ल्होसार पर्वको अवसरमा राष्ट्रिय विदा दिनुपर्ने माग गरेका थिए । नेपाल तामाङ घेदुङ् नगर कार्यसमिति विराटनगरको आयोजनामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ प्रदेश एकका अध्यक्ष मित्रसेन योन्जनले वर्तमान सरकारले विविध जातजातिको पर्वलाई विशेष महत्व नदिएको दाबी गरे ।

Advertisement

उनले सोनाम ल्होसार राष्ट्रिय पर्व रहेपनि सरकारले राष्ट्रिय बिदा नदिएको बताए । सरकारले आगामी बर्ष पनि विदा नदिए आफुहरु शसक्त आन्दोलनमा उत्रिन बाध्यहुने चेतावनी दिए । आयोजक संस्थाका अध्यक्ष रामजी पाख्रिनले ल्होसारकादिन विद्यालय र कार्यालयहरुमा विदा नदिइएका कारण विद्यार्थी र कर्मचारीलाई पर्व मान्न समेत समस्या भएको बताए । कार्यक्रममा सहभागीबीच शुभकामना आदान प्रदान गरिनुका साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top