चलचित्र विकास बोर्डकी अध्यक्ष निकिताले दिइन् राजीनामा

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिताले दिइन् राजीनामा

काठमाडौँ, माघ २२
नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छन् । गत आइतबार मन्त्रालयको बैठकमा अनुपस्थित भएपछि मन्त्री बास्कोटाले कारबाही गर्ने चेतावनी दिएका थिए ।

सोही कारणले कारबाहीमा पर्नुभन्दा अगाडि राजीनामा दिएकी हुन । पौडेलले माघ २३ गतेबाट लागू हुनेगरी राजीनामा दिएकी हुन । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफूले राजीनामा राजीनमा दिएको बताएकी छन् ।

‘व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपारेस् भनी मैले यो निर्णय लिएकी हुँ,’ फेसबुकमा उनले लेखेकी छन् । पौडेल २०७४ मंसिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त भएकी थिइन् ।

केही दिनअघि मात्र निकिताले सञ्चारकर्मी तथा पत्रकार रवि लामिछानेसँग विवाह गरेकी थिइन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.