रोकिएन ट्रिपर आतंक, विराटनगरमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

रोकिएन ट्रिपर आतंक, विराटनगरमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

विराटनगर, माघ २७
ट्रिपरको ठक्करबाट आईतबार विहान विराटनगरमा एकजनाको मृ्त्यू भएको छ । कोशि राजमार्ग अन्तर्गत इटहरी विराटनगर सडक खण्डको वरगाछी चोकमा आइतबार विहान ट्रिपरको ठक्करबाट एक साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको हो ।

बरगाछी चौकमा बाटो काटदै गरेका साइकल यात्रीलाई को १ ख ७०७२ नम्बरको ट्रिपरले ठक्करले दिँदा घटना स्थलमै मृत्यु भएको मोरङ ट्राफिक प्रमुख शिवकुमार पोखरेलले जानकारी दिए ।

मृतक अन्दाजी ४५÷५० वर्ष जतिका देखिने पुरुषको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । उत्तरबाट साईकलमा दक्षिणतर्फ आउँदै गर्दा बरगाछी चोकैमा ट्रिपरको पछाडिको चक्काले पुरुषलाई ठक्कर दिँदा घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा लगेको छ । अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएका कारण शवको पहिचान खुल्न गाह्रो भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।

ट्रिफर चालक इटहरी–१३ का ५६ वर्षिय नुना सरदारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको जनाएको छ ।प्रत्यक्षदर्शीहरूका अनुसार तिव्र गतिमा आएको टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको हो । दुर्घटना आज विहान साढे ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.