वीपी उद्यानमा शहीद पार्क शिलान्यास गरिएकोमा कांग्रेसको आपत्ति

काठमाडौं, माघ २७
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेता वीपी कोइरालाको नाममा वीरगञ्जमा स्थापना गर्ने भनिएको उद्यानको ठाउँमा शहीद पार्क बनाउन लागिएकोप्रति आपत्ती जनाएको छ ।

Advertisement

आइतबा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा वीपी उद्यान नै निर्माण गर्न आग्रह गरे ।

गत माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जमा वीपी उद्यान निर्माणका लागि प्रस्ताव भइसकेको १० विघा जग्गामा शहीद स्मृति पार्क निर्माणको शिलान्यास गरेका थिए ।

Advertisement

कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले शिलान्यास कार्यक्रमप्रति आपत्ति जनाउँदै उक्त जग्गामा विपी उद्यान नै निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

कांग्रेसले केन्द्रीय सरकारको जानकारी बेगर यस्तो प्रक्रिया अघि बढेको भन्दै सो कार्य तत्काल सच्याउन माग गरेको छ । ‘सरकारले सो निर्णय तत्काल सच्याउनुपर्छ । अन्यथा संसद र सडकबाट दबाब बढाउने छौं’, प्रवक्ता शर्माले भने।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top